इरानलाई ध्वस्त पार्ने धम्की दिँदै ट्रम्प भन्छन्- हान्नलाई एक हजार क्षेप्यास्त्र तयार

कर्णाली अनलाइन २७ असार २०८३, शनिबार १६:२७

काठमाडौँ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ध्वस्त पार्ने धम्की दिँदै अमेरिकी सेना त्यसका लागि तयार रहेको र इरानलाई लक्षित गरी प्रहार गर्न एक हजार क्षेप्यास्त्रहरू पूर्ण तयारी अवस्थामा राखिएको बताएका छन्।

सामाजिक सञ्जालमा गरिएको पोस्टमा उनले “इस्लामिक गणतन्त्र इरानमाथि क्षेप्यास्त्रहरू ताकेर पूर्ण तयारी अवस्थामा राखिएक जनाएका छन्।

यदि इरानी सरकारले विश्वका विभिन्न स्थानमा व्यक्त गरेको(संयुक्त राज्य अमेरिकाका बहालवाला राष्ट्रपति को हत्या गर्ने वा हत्याको प्रयास गर्ने(धम्कीलाई कार्यान्वयन गर्‍यो भने, त्यसको लगत्तै हजारौं थप क्षेप्यास्त्रहरू प्रहार गरिने उनले बताए।

यसैबीच, इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले अमेरिकाले समझदारी पत्रको उल्लंघन गरेको आरोप लगाए।सामाजिक सञ्जाल एक्समा गरिएको एक पोस्टमा उनले इरानले अहिलेसम्म आफ्नो प्रतिबद्धता पालना गर्दै आएको र यो उल्लंघन अमेरिकाद्वारा गरिएका अन्य उल्लंघन र गलत कदमहरूको शृङ्खलाकै एक हिस्सा भन्दै यसमा दुवै पक्षको पालना अनिवार्य हुने बताएका छन्।

अल जजिराका अनुसार, इरानी संसदका सभामुख मोहम्मद बाघेरी घालीबाफले तेहरान अमेरिका सामु कहिल्यै नझुक्ने बताउदै यदि अमेरिकाले समझदारी पत्रको उल्लंघन गरेमा आफ्नो रक्षा गर्न पूर्ण रूपमा तयार रहने बताए।

इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकायीले इरानका रक्षकहरूले अमेरिकाको गतिविधिलाई निगरानीमा राखिरहेको बताए।

गर्मीको मौसमको प्रवाह नगरी, इस्लामिक गणतन्त्र इरानका सशस्त्र बलमा आबद्ध वीर रक्षकहरू देशका तट, टापु, सीमाना र अन्य संवेदनशील क्षेत्रहरूमा तैनाथ रहि अमेरिकी गतिविधिलाई निगरानी गरिरहेको उनले प्रष्ट पारे।यसैबीच, अल जजिराका अनुसार, अमेरिकी उच्च अधिकारीहरूले अमेरिका र इरानबीचको वार्ता फलदायी रहेको बताएका छन्।

अमेरिकाले भने इरानसँग सम्झौता हुनका लागि केही सर्तहरू पूरा हुनु पर्ने बताउदै पहिलो सर्त इरान आणविक सर्तहरू मान्न सहमत हुनुपर्छ र सबै आणविक सामग्रीहरु हस्तान्तरण गर्नु पर्ने अडान गर्दै आएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बेल्बासे वंश समाजमा नयाँ नेतृत्व,अध्यक्षमा गणेशप्रसाद बेल्बासे निर्वाचित

२७ असार २०८३, शनिबार १६:२७
भैरहवा । बेल्बासे वंश समाज भैरहवाको प्रथम अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको छ। समाजको अध्यक्षमा गणेशप्रसाद बेल्बासे निर्वाचित भएका छन् । उपाध्यक्षमा पुनहरि बेल्बासे, सचिवमा झविन्द्रप्रसाद बेल्बासे, सहसचिवमा यज्जनप्रसाद बेल्बासे तथा कोषाध्यक्षमा विमला बेल्बासे चयन भएका छन्। कार्यसमिति सदस्यहरूमा विष्णुप्रसाद बेल्बासे, ऋषिराम बेल्बासे, चुरामणि बेल्बासे, विक्रम बेल्बासे, विमला बेल्बासे र […]

सम्बन्धित शीर्षक