भारत भ्रमणमा रहेका प्रधानमन्त्री देउवा र समकक्षी मोदीबीच आज भेटवार्ता

कर्णाली अनलाइन १९ चैत्र २०७८, शनिबार ०५:२६
फाइल फोटो
फाइल फोटो

काठमाडौँ। भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँका समकक्षी नरेन्द्र मोदीबीच आज भेटवार्ता हुँदैछ । नयाँदिल्लीमा हुने भेटमा दुवै देशबीच ऊर्जा, कृषि, स्वास्थ्य तथा यातायात क्षेत्रमा महत्वपूर्ण घोषणा हुने भएको छ ।

हिजो नेपाली राजदूतावासमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नेपाल र भारतबीच केही नयाँ सम्झौतापत्रहरू पनि आदानप्रदान हुने बताउनुभयो । भेटवार्तामा ३५ किलोमिटर लामो जयनगर–कुर्था रेलसेवा तथा भारत सरकारको सहयोगमा निर्मित सोलु करिडोर प्रसारण लाइनको शुभारम्भ, नेपालमा निर्माणाधीन एक सय ३२ वटा स्वस्थ्य सेवा केन्द्रको प्रगतिबारे दुवै प्रधानमन्त्रीले श्रव्यदृश्यका माध्यमबाट जानकारी लिने कार्यक्रम छ ।

तीनदिने भारत भ्रमणमा हिजो नयाँदिल्ली पुग्नुभएका प्रधानमन्त्री देउवाले ओहदा बिर्सिएर भाजपा मुख्यालय गएको भन्दै आलोचना भैरहेको छ । नयाँदिल्ली पुगेलगत्तै देउवाले भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डासँग भेटवार्ता गर्नुभएको हो । हिजो नै प्रधानमन्त्री देउवासँग भारतका विदेशमन्त्री सुब्रमन्यम जयशङ्करले शिष्टाचार गर्नुभयो । भ्रमणमा प्रधानमन्त्रीका साथ परराष्ट्रमन्त्री खड्का, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, स्वाथ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा, कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्र राय यादव लगायत छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सान्नित्रिवेणी-२ मा नेकपा (माओबादी केन्द्र)को वडा कार्यालय स्थापना

१९ चैत्र २०७८, शनिबार ०५:२६
कालिकोट। जिल्लाको सान्नित्रिवेणी गाँउपालिका वार्ड न-२ थाडीमा शुक्रबार एक कार्यक्रमका विच वार्ड कार्यालय र पार्टीको जनसम्पर्क कार्यालयको उद्धघाटन गरिएको छ । नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य तथा सान्नित्रिवेणी गाँउपालिका वार्ड न १ का वार्ड अध्यक्ष भरत बहादुर विक (आकाश)ले उक्त वार्ड कार्यालय र पार्टीको जनसम्पर्क कार्यालय को उद्धघाटन गरेका […]