बर्दिया। बर्दियामा १४ बर्षीया किशोरी बलात्कृत भएकी छन् । ती किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बर्दिया नगरपालिका-३ खुरखुरे बस्ने २५ वर्षिया गगन कामीलाई पक्राउ गरेको छ ।
सुर्खेत बराहताल गाँउपालिका -४ स्थायी घर भएका कामीलाई शनिवार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।प्रहरीका अुनसार कामीले सोेही नगरपालिका ६ पथ्थरडाँडास्थित खेतमा किशोरीलाई शुक्रबार साँझ बलात्कार गरेका थिए ।ईलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

