निकुञ्जमा घाँस काट्न गएकी महिलाको बाघको आक्रमणबाट मृत्यु

कर्णाली अनलाइन १६ जेष्ठ २०७९, सोमबार ११:५४

चितवन।चितवनमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।चितवन राष्ट्रिय निकुञ्जभित्र घाँस काट्न गएकी पूर्वी चितवनको राप्ती नगरपालिका–१ की ५५ वर्षीय सोतीमाया तामाङलाई सोमबार अपरान्ह करिब ४ बजेको समयमा बाघले आक्रमण गरेको हो।

बाघको आक्रमणबाट तामाङको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए।बाघले आक्रमण गरेको घटनाको जानकारी आएपछि अस्थायी प्रहरी पोष्ट लोथर र ईलाका प्रहरी कार्यालय भण्डाराबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो।

टोलीले शव जाँच तथा मुचुल्का तयार गर्नेलगायतको अनुसन्धानको काम गरिरहेको अधिकारीले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सान्नित्रिवेणी-१ का वडाध्यक्ष गिरीद्धारा पदभार ग्रहण,वडावासीका लागि ३ उपहार

१६ जेष्ठ २०७९, सोमबार ११:५४
कालिकोट।जिल्लाको सान्नित्रिवेणी गाउँपालिका वडा न १ का वडाध्यक्ष बैकुण्ठराज गिरीले पदभार ग्रहण गरेका छन।पदभार प्रश्चात केहि महत्वपुणै निर्णय गरि कार्यान्वयन गर्ने प्रतिवद्धता समेत व्यक्त्त गरेका छन। वडाध्यक्ष गिरीले पदभार ग्रहण गरेको पहिलो दिनमै वडावासीका लागि लोकप्रिय तिन निर्णय समेत गरेका छन ।   ७० वर्ष माथि र पुर्ण अपांग,अशक्तहरुलाई सामाजिक सुरक्षा […]