सान्नित्रिवेणी-१ का वडाध्यक्ष गिरीद्धारा पदभार ग्रहण,वडावासीका लागि ३ उपहार

कालिकोट संवाददाता १६ जेष्ठ २०७९, सोमबार १६:०७


कालिकोट।जिल्लाको सान्नित्रिवेणी गाउँपालिका वडा न १ का वडाध्यक्ष बैकुण्ठराज गिरीले पदभार ग्रहण गरेका छन।पदभार प्रश्चात केहि महत्वपुणै निर्णय गरि कार्यान्वयन गर्ने प्रतिवद्धता समेत व्यक्त्त गरेका छन। वडाध्यक्ष गिरीले पदभार ग्रहण गरेको पहिलो दिनमै वडावासीका लागि लोकप्रिय तिन निर्णय समेत गरेका छन ।   ७० वर्ष माथि र पुर्ण अपांग,अशक्तहरुलाई सामाजिक सुरक्षा भत्ता भुत्तानीको लागि गाउँपालिकाको कार्यालय र बैँक संग समन्वयन गरी घरघरमा बितरण गर्ने कार्यको थालनी गर्ने वा भुक्तानी लिन बैँकमै पुग्नु पर्ने भए ७० वर्ष माथिका ज्येष्ठ नागरिक,पुर्ण अपांग र अशक्तहरुलाई एक दिन कार्यालयमा केन्द्रित गरी भुक्तानीलिन जादा गाडिको भाडा निशुल्क गर्ने गरि निर्णय समेत गरिएको छ ।

यस्तै वडावासीको स्वास्थ्य सम्वेदनशिलतालाई मध्यनजर गदैँ आम वडावासीमा पर्ने विभिन्न आपतकालिन अवस्था जस्तै समयमा सुत्केरी हुन नसक्दाको अवस्था,दुर्घटना र विपत जुनसुकै बेला जिल्ला भित्र वा बाहिर जादा गाडिभाडा निशुल्क गर्ने गरि निर्णय समेत गरिएको छ । यस्तै यस वडाबाट  प्रत्येक वर्ष एस.ई.ई. परीक्षामा संलग्न भई प्रथम र द्धितिय स्थान हासिल गर्ने  विधार्थीहरु लाई उच्च शिक्षा तथा प्राविधिक शिक्षा अध्ययनको लागि एक छात्र र एक  छात्रालाई छात्रवृद्धिको व्यवस्था गर्ने गरि निर्णय समेत गरिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

संघीय संसदका दुवै सदनको बैठक बस्दै, बजेटमाथि सैद्धान्तिक छलफल हुने

१६ जेष्ठ २०७९, सोमबार १६:०७
काठमाडौँ।संघीय संसदअन्तर्गत मंगलबार(आज) दुवै सदनको बैठक बस्दैछ। दुवै सदनको बैठकमा सरकारले जेठ १५ गते राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेस गरेको आगामी आर्थिक वर्ष २०७९/०८० माथि सैद्धान्तिक छलफल हुनेछ। दुवै सदनको बैठक बिहान ११ बजेबाट शुरु हुनेछ।