टिकटक प्रतिबन्ध गर्ने निर्णय खारेजीको मागसहित सर्वोच्चमा रिट

कर्णाली अनलाइन १ मंसिर २०८०, शुक्रबार १२:४६

काठमाडौं । सरकारले नेमालमा टिकटकमाथि प्रतिबन्ध लगाउन गरेको निर्णयविरुद्व सर्वोच्च अदालतमा रिट निवेदन पुगेको छ। शुक्रबार वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट लिएर सर्वोच्च अदालत पुगेका हुन्। उनको रिट दर्ता प्रक्रियामा रहेको जनाइएको छ।

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले टिकटकले सामाजिक सद्भाव बिगार्ने काम गरेको भन्दै नेपालमा टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। अधिवक्ता त्रिपाठीले टिकटक बन्द हुँदा संवैधानिक लोकतन्त्र, नागरिकका हक एवं स्वतन्त्रताहरू विधिको शासनअनुसार हुनुपर्नेमा त्यसो नभएको रिट निवेदनमा उल्लेख गरेका छन्।

सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्द घिमिरेका अनुसार टिकटक बन्दविरुद्ध सर्वोच्च अदालतमा ५ वटा रिट पुगिसकेको छन्।

हाल ती रिट अध्ययनका क्रममा रहेको र अध्ययनपछि रिट दर्ता हुने कि नहुने वा कुन कुन रिट दर्ता हुने भन्ने सम्बनधमा निर्णय हुने घिमिरेले  जानकारी दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

टिकटक चलाउन भीपीएनको प्रयोग कति सुरक्षित?

१ मंसिर २०८०, शुक्रबार १२:४६
काठमाडौँ।सरकारले नेपालको इन्टरनेटमा टिकटक बन्द गरेसँगै कैयौँ सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले भीपीएन प्रयोग गरेर टिकटक चलाउन सकिने अनुभव सुनाइरहेका छन्। सरकारको निर्णयप्रति असन्तुष्ट केही सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले त भीपीएनको चोर बाटो प्रयोग गर्दै टिकटक चलाएर चुनौती दिने घोषणा समेत गरे। इन्टरनेट सेवा प्रदायकहरूले बन्द गरे पनि कतिपयले नेपालबाटै टिकटकमा नयाँ भिडिओहरू […]