टिकटक चलाउन भीपीएनको प्रयोग कति सुरक्षित?

कर्णाली अनलाइन १ मंसिर २०८०, शुक्रबार १३:५५

काठमाडौँ।सरकारले नेपालको इन्टरनेटमा टिकटक बन्द गरेसँगै कैयौँ सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले भीपीएन प्रयोग गरेर टिकटक चलाउन सकिने अनुभव सुनाइरहेका छन्।

सरकारको निर्णयप्रति असन्तुष्ट केही सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले त भीपीएनको चोर बाटो प्रयोग गर्दै टिकटक चलाएर चुनौती दिने घोषणा समेत गरे।

इन्टरनेट सेवा प्रदायकहरूले बन्द गरे पनि कतिपयले नेपालबाटै टिकटकमा नयाँ भिडिओहरू अप्लोड गरिरहेको हुनाले नेपालमा भीपीएनको प्रयोगबाट गरेर टिकटक चलाएको अनुमान लगाउन सकिने जानकारहरू बताउँछन्।

भीपीएन के हो?
भर्चूअल प्राइभेट नेटवर्क अर्थात् भीपीएन विशेषतः हामीले प्रयोग गर्ने उपकरण र अन्य कम्युटरबीच इन्टरनेटको सुरक्षित सञ्जाल स्थापित गर्ने प्रविधि हो।

साधरणतया हामी अनलाइन हुँदा हामीले प्रयोग गरिरहेको उपकरणबाट इन्टरनेट सेवा प्रदायकको माध्यम हुँदै हामी व्यापक इन्टरनेटको सञ्जालमा जोडिन्छौँ।भीपीएनले हामीलाई अर्को एउटा कम्प्युटरमार्फत् इन्टरनेटको सञ्जालमा जोडिदिन्छ। त्यसो गर्दा हाम्रो परिचय गोप्य रहन्छ।

धेरैजसो भीपीएन कार्यालयमा मात्रै प्रयोग गर्न मिल्ने गरी बनाइएका एप्लिकेशन हुन्। ती अहिले व्यक्तिगत रूपमा पनि प्रयोग हुने गरेका छन्।तर केही मानिसहरू इन्टरनेटको प्रयोगमा सरकारले लगाएको सेन्सरशिप वा प्रतिबन्ध छल्नका लागि पनि भीपीएन प्रयोग गर्छन्।
सरकारी प्रतिबन्ध छल्न भीपीएनले हाम्रो गतिविधि अर्को देशमा रहेको कम्प्युटर प्रणालीमार्फत् देखाइदिन्छन्।

विशेष गरी अनलाइनमा चलचित्र हेर्न तथा विभिन्न एप प्रयोग गर्न धेरैले भीपीएन प्रयोग गर्ने गरेको बताइन्छ। चीनमा पनि भीपीएनको प्रयोग भएको पाइन्छ।

भीपीएनका पनि फरकफरक प्रकृति हुन्छन्। कुनैले डीएनएस (डोमेन नेम सिस्टम)परिवर्तन गरिदिन्छन् भने कुनै भीपीएनले प्रोक्सी सर्भर प्रयोग गर्छन्।
कम्प्युटर असोसिएशन अफ नेपाल (क्यान फेडेरेसनु)का महासचिव तथा साइबर सुरक्षाविज्ञ चिरञ्जीवी अधिकारी साधारणतया भीपीएन सुरक्षित नभए पनि यसलाई सुरक्षित बनाएर प्रयोग गर्न सकिने बताउँछन्।

उनका अनुसार सित्तैमा प्रयोग गर्न मिल्नेको तुलनामा पैसा तिरेर प्रयोग गर्न मिल्ने भीपीएनहरू सुरक्षित हुन्छन्।“सबै भीपीएन सुरक्षित हुँदैनन्। प्रिमिअम भीपीएन जुन पैसा तिरेर मात्रै चलाउन मिल्ने हुन्छ ती केही सुरक्षित हुन्छन्। तर सित्तैमा पाइने भीपीएनबाट सित्तैमा भाइरस पनि डाउनलोड हुन्छ। उनीहरूले आय गर्ने बाटोका लागि एक्सटेन्शनहरू वा निश्चित सूचनाहरू एपले लिने गरी बनाएको हुन्छ,” उनले भने।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

टिकटक प्रतिबन्धमाथि पहिलो पेशी तोकियो, सोमबारदेखि सुनुवाइ

१ मंसिर २०८०, शुक्रबार १३:५५
काठमाडौं ।टिकटकमाथि लगाएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा पहिलो पेशी तोकेको छ । बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी तथा अधिवक्ताहरू स्वागत नेपाल, जगन्नाथ दुलाल लगायतले दिएको रिटमा सोमबारका लागि पेशी तोकिएको हो । हालै सरकारले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिवद्ध लगाए पछि अदालत खुलेको पहिलो दिनमा नै सर्वोच्च अदालतमा कयौं रिट निवेदन परेको थियो । उक्त रिट निवेदनमा पहिलो सुनवाइ […]