पक्राउ पुर्जीको विरोधमा संघर्ष गर्ने विप्लवको घोषणा

कर्णाली अनलाइन १९ मंसिर २०८०, मंगलवार १३:३०

काठमाडौं।अदालतबाट भएको पक्राउ पुर्जीको विरोधमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले संघर्षको घोषणा गरेको छ। मंगलबार एक विज्ञप्ति जारी गर्दै विप्लवले अदालतबाट भएको पक्राउ पुर्जीको विरोधमा संघर्षको घोषणा गरेको हो।

विज्ञप्तिमा पक्राउ पुर्जी गरिनु गैरकानूनी, अराजक र विध्वंसात्मक कार्य भएको जनाइएको छ। त्यसविरुद्ध आज मंगलबार मसाल जुलुस प्रदर्शन गर्ने, २० गते बुधबार न्यायाधीशको पुत्ला जलाउने र २१ गते २ बजे देशव्यापी जनप्रदर्शन गर्ने जनाइएको छ।

काठमाडौँ जिल्ला अदालतले २०७६ साल पुसको मुद्दा ब्युँताएर सोमबार महासचिव विप्लवसहित नेताहरू खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’‚ माइला लामा लगायतका नाममा पक्राउ पुर्जी जारी गरेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

थाइल्यान्डमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु

१९ मंसिर २०८०, मंगलवार १३:३०
बैंकक– थाइल्यान्डमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ भने, ३५ जना घाइते भएका छन् ।  दक्षिण थाइल्यान्डको प्राचुआप खिरी खान प्रान्तमा यात्रुवाहक बस सडकबाट चिप्लिएर रुखसँग ठोक्किँदा कम्तिमा १४ जनाको मृत्यु भएको छ भने ३५ जना घाइते भएका छन् । उक्त बस राजधानी बैंककबाट सोङखला प्रान्तको नथवी जिल्लातर्फ लागि जाँदै गरेको थियो । दुर्घटनाको कारणबारे अनुसन्धान […]