मिलन पाण्डेको रवीन्द्र मिश्रलाई जवाफ : सरी, राजतन्त्र मान्न सकिँदैन

कर्णाली अनलाइन ५ पुष २०७८, सोमबार ११:४४

काठमाडौं।विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले अध्यक्ष रवीन्द्र मिश्रलाई स्पष्टीकरण बुझाएका छन्।मिश्रले पाण्डेलाई केही दिन पहिले स्पष्टीकरण सोधेका थिए। १५ पृष्ठ लामो स्पष्टीकरण सार्वजनिक गर्दै पाण्डेले आफूलाई केही दिनअघि स्पष्टीकरण सोधिएको जनाउँदै आफूमाथि केही प्रश्न उठेपछि नैतिकताका आधारमा जवाफ दिएको प्रस्ट पारेका छन्।

भदौ १७ पछि मिश्रले बोलाएको बैठक र सो बैठकबाट भएका निर्णय अवैधानिक रहेको दाबीसहित निर्वाचन आयोगमा मुद्दा दिइएको भएपनि नैतिकताका आधारमा आफूले जवाफ दिएको उनले उल्लेख गरेका छन्।

पाण्डेले जुममार्फत बसेको केन्द्रीय समिति बैठकमा फेक आइडी राखेर बहुमत जुटाएको आरोपसमेत मिश्रमाथि लगाएका छन्। पाण्डेले मिश्रमाथि उल्टै प्रश्न सोधेका छन्।

‘तपाईं संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान खारेज गर्न लागि परेका खासगरी दक्षिणी शक्ति केन्द्रहरु र अकुत सम्पत्ति आर्जन गरेका पूर्वदरबारिया शक्तिहरूको आर्थिक तथा अन्य प्रलोभनमा परी देशको संविधानलाई खारेज गर्ने अभियानमा संलग्न हुनुभएको भन्ने चर्चा सुनिन आएको छ, त्यसको सत्यता के हो रु’ पाण्डेले सोधेका छन्।

पाण्डेले थप लेखेका छन्, ‘सरी रवीन्द्रजी, तपाईंले प्रस्ताव गरेअनुसार राजतन्त्र मान्न सकिँदैन, पञ्चायतलाई स्वीकार्न सकिँदैन। धार्मिक द्वन्द्व फैलाउने मुद्दा बोक्न सकिँदैन। वैकल्पिक राजनीति र लोकतन्त्रलाई दरबारमा चढाउन सकिँदैन।’

उनले मिश्रलाई धर्मको नाममा नागरिकलाई विभाजित गर्न धर्म निरपेक्षतामा जनमत संग्रह गर्ने भनेर वकालत गरेको तथा देशलाई अफगानिस्तानरकाबुल बनाउने नियतका साथ धार्मिक युद्ध गराउने चाहनाको भारी पार्टीलाई किन बोकाउन खोजेको रु भनि प्रश्नसमेत गरेका छन्।

 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

देशभर ५ हजार २२५ जना सक्रिय संक्रमित, ८ लाख ९ हजार १५५ जना निको भए

५ पुष २०७८, सोमबार ११:४४
काठमाडाैं।स्वास्थ्य तथा जनसंख्या मन्त्रालले देशभर ५ हजार २२५ जना कोरोनाभाइरसका सक्रिय संक्रमित रहेका छन् । मन्त्रालयको सोमबारको अध्यावधिक तथ्यांकअनुसार देशभर ५ हजार २२५ जना सक्रिय संक्रमित रहेका हुन् ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २२० संक्रमित थपिँदा २६३ जना निको हुनुका साथै १ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोना […]

सम्बन्धित शीर्षक