प्रेस युनियन कर्णाली प्रदेश प्रथम अधिवेशनमा माईक तानातान

कर्णाली अनलाइन २१ पुष २०७९, बिहीबार १२:२८

सुर्खेत।नेपाल प्रेस युनियन कर्णाली प्रदेश प्रथम अधिवेशनको क्रममा विवाद भएको छ। अधिवेशनमा स्थापन पक्ष र स्थापन इतर पक्षको पार्षदको विषयलाई लिएर विवाद सिर्जना भएको हो।

बिहीबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको टाकुमा होटेलमा आयोजित अधिवेशनमा संस्थापन पक्षधर पार्षदको विषय लिएर दुई पक्षबची लफडा भएको हो। संस्थापन इत्तर पक्षधरका पार्षदहरु धेरै भएको र संस्थापन पक्षधर पार्षदहरुको नाम काटिएको भन्दै संस्थापन पक्षधरले विरोध गरेको हो।

अधिवेशनमा सहभागी एक व्यक्तिले यहीँ विषयमा लिएर दुई पक्षधरबीच माईक खोसाखोसको स्थिती सृजना भएको बताए। उनले भने, ‘हुम्लाका एक प्रतिनिधिले भने माइकनै चुडाई दिएका छन्।’

कार्यक्रममा प्रेस युनियनका अध्यक्ष शिव लम्साल, कांग्रेस नेता डा‍. मिनेन्द्र रिजाल, कांग्रेस नेता हृदयराम थानी लगायतको सहभागीता थियो। उनिहरुको अगाडी दुईपक्षबीच तानातान भएको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णालीमा पुष २७ गते अपरान्ह ५ बजेसम्म मुख्यमन्त्रीका लागि दाबि पेश गर्न आह्वान

२१ पुष २०७९, बिहीबार १२:२८
  सुर्खेत । कर्णाली प्रदेश सरकार गठनका लागि आह्वान गरिएको छ। प्रदेश प्रमुख तिलक परियारले ७ दिनभित्र सरकार गठन गर्न आह्वान गरेका हुन्।बिहीबार प्रदेश प्रमुख कार्यलयले प्रेस विज्ञप्ति जारी गर्दै पुष २७ गते अपरान्ह ५ बजेसम्म मुख्यमन्त्री नियुक्तीका लागि आह्वान गरेको हो। संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका […]