कर्णालीमा पुष २७ गते अपरान्ह ५ बजेसम्म मुख्यमन्त्रीका लागि दाबि पेश गर्न आह्वान

कर्णाली अनलाइन २१ पुष २०७९, बिहीबार १८:०३

 

सुर्खेत । कर्णाली प्रदेश सरकार गठनका लागि आह्वान गरिएको छ। प्रदेश प्रमुख तिलक परियारले ७ दिनभित्र सरकार गठन गर्न आह्वान गरेका हुन्।बिहीबार प्रदेश प्रमुख कार्यलयले प्रेस विज्ञप्ति जारी गर्दै पुष २७ गते अपरान्ह ५ बजेसम्म मुख्यमन्त्री नियुक्तीका लागि आह्वान गरेको हो।

संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि आह्वान गरिएको छ।कुनै दलले बहुमत नपाएका कारण धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा सो भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने व्यक्तिको नेतृत्वमा सरकार गठन गर्न समेत विज्ञप्तिमा भनिएको छ ।

कर्णालीमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले कसले सरकारको नेतृत्व गर्ने भन्ने विषयमा केन्द्रको निर्णय कुरीरहेका छन्।कर्णाली प्रदेशमा ४० जना सांसहरुमा कांग्रेसका १४, माओवादीका १३, एमालेका १०, राप्रपा, एकीकृत समाजवादीको १÷१ र एक जना स्वतन्त्र सांसद रहेका छन्। सरकार गठनका लागि २१ सिट आवाश्यक पर्दछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जुम्लामा अटो दुर्घटना हुँदा दुईजनाको मृत्यु

२१ पुष २०७९, बिहीबार १८:०३
जुम्ला । जुम्लामा अटो दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। जुम्लाको तिला गाउँपालिका–३ श्रीवेणीमा दुर्घटना हुँदा दुईजनाको मुत्यु भएको प्रहरीले जनाएको छ। जुम्ला प्रहरीका अनुसार जुम्ला बसपार्कबाट रारा लिहितर्फ जाँदै गरेको क १ स ११ नम्बरको अटो अनियन्त्रित भई तिला नदीमा खस्दा तातोपानी–१ बाइराँकाका २९ वर्षीय पुरन सार्की र तिला–३ का […]