जुम्लामा अटो दुर्घटना हुँदा दुईजनाको मृत्यु

कर्णाली अनलाइन २१ पुष २०७९, बिहीबार १९:४७

जुम्ला । जुम्लामा अटो दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। जुम्लाको तिला गाउँपालिका–३ श्रीवेणीमा दुर्घटना हुँदा दुईजनाको मुत्यु भएको प्रहरीले जनाएको छ।

जुम्ला प्रहरीका अनुसार जुम्ला बसपार्कबाट रारा लिहितर्फ जाँदै गरेको क १ स ११ नम्बरको अटो अनियन्त्रित भई तिला नदीमा खस्दा तातोपानी–१ बाइराँकाका २९ वर्षीय पुरन सार्की र तिला–३ का २० वर्षीय आकाश थापाको मृत्यु भएको हो।

त्यस्तै जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक यामबहादुर बुढा मगरका अनुसार पुरन सार्कीको घटना स्थलमै मृत्यु भएको थियो। आकाश थापाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो।दुर्घटना भएको अटो तिला-३ को श्रीवेणीस्थित कर्णाली राजमार्गबाट १५ मिटर तल नदीमा खसेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गृहमन्त्री रवि लामिछानेद्धारा निर्मला पन्तको हत्यारा पत्ता लगाउन निर्देशन

२१ पुष २०७९, बिहीबार १९:४७
सुर्खेत।नवनियुक्त उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले पदभार ग्रहण लगत्तै निर्मला पन्तकाे हत्यारा पत्ता लगाउन निर्देशन दिएका थिए। त्यस लगत्तै दुर्गा सिंह नेतृत्वमा समितिसमेत गठन गरिएकाे थियाे। डीआईजी दुर्गा सिंह नेतृत्वको समितिले कञ्चनपुरमा पुगेर निर्मला पन्तको हत्या अनुसन्धान सुरू गरेको छ। २०७५ साल साउन १० गते कञ्चनपुरको भीमदत्त नगरपालिका उल्खाटामकी निर्मला […]

सम्बन्धित शीर्षक