मुख्यमन्त्री जीवनबहादुर शाही र प्रधानसेनापति शर्मा विच भेटवार्ता

कर्णाली अनलाइन ६ मंसिर २०७८, सोमबार ०६:४८

सुर्खेत । प्रधानसेनापति प्रभुराम शर्माको टोलीले कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीसँग भेटघाट गरेको छ । उक्त अवसरमा प्रधानसेनापति शर्माले कर्णालीको विकास निर्माणका गतिविधि र विपत् व्यवस्थापनका क्रियाकलापहरूमा नेपाली सेनाबाट भए गरेका गतिविधिबारे मुख्यमन्त्री शाहीसमक्ष ब्रिफिङ गरेका थिए ।

त्यस्तै उनले आगामी दिनमा प्रदेश सरकारसँग नियमित तथा निकट समन्वयमा रही काम गर्न ईच्छुक रहेको र कर्णाली करिडोर अन्तर्गत सल्लिसल्ला खण्डको ७ किलोमिटर चट्टान खण्डको समयमा सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

यसका साथै मुख्यमन्त्री शाहीको अनुरोधमा हुम्लामा तत्कालका लागि खाद्यान्न ढुवानी गर्न समेत राजी भएका बताइएको छ । त्यस्तै मुख्यमन्त्री शाहीले रुकुम–सल्यान छिन्चु–जाजरकोट–डोल्पा सडक, कर्णाली राजमार्ग नाग्मा जुम्ला, खुलालु–सल्लिसल्ला सडक खण्ड र विपत् व्यवस्थापनमा भएको नेपालीको सेनाको योगदानबारे चर्चा र प्रशंसा गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पत्रकार पार्टीको प्रतिनिधि र सदस्य बने महासंघले कारबाही गर्ने

६ मंसिर २०७८, सोमबार ०६:४८
काठमाडाैं। पत्रकारहरू पार्टीका प्रतिनिधि र सदस्य बनेको पाइएमा नेपाल पत्रकार महासंघले कारबाही गर्ने बताएको छ। पार्टी प्रतिनिधि र सदस्य बनेकालाई महासंघले सदस्यता नै खारेज गर्ने चेतावनी दिएको छ। पत्रकार महासंघका पदाधिकारी, सदस्य र साधारण सदस्य विभिन्न राजनीतिक दलका विभिन्न तहमा उम्मेदवार र प्रतिनिधि बनेको खबर आइरहेका छन्। पत्रकारहरू दलमा आवद्ध भएकोबारे […]