भक्तपुर। भक्तपुरको मध्यपुर थिमी नगरपालिका ६ स्थित कमेरेटारममा ५० मिटर अग्लो पर्खालबाट हाम फाल्दा ७४ बर्षिया वृद्धाको घटनास्थमै मृत्यु भएको छ। बुधबार राति साढे १० बजे मोरङ सुन्दर हरैया नगरपालिका ९ बिराटचौक घर भई हाल कमेरेटारमा डेरा गरी बस्ने ७४ वर्पिया मनमाया तिमिल्सिनाको मृत्यु भएको हो ।उनीसँगै पर्खालवाट हाम फालेका उनको ४९ वर्षीया कान्छा छोरा मातुराम तिमिल्सिना घाइते भएका छन।
उनीहरुले डेराकोठा नजिक रहेको पिपलको रुखको फेदमा लगाएको ५० मिटर अग्लो पर्खालको माथिबाट हाम फाल्दा मनमाया तिमिल्सिनाको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता राजु पाण्डेले बताए।