पत्रकार पार्टीको प्रतिनिधि र सदस्य बने महासंघले कारबाही गर्ने

कर्णाली अनलाइन ६ मंसिर २०७८, सोमबार ०७:०७

काठमाडाैं। पत्रकारहरू पार्टीका प्रतिनिधि र सदस्य बनेको पाइएमा नेपाल पत्रकार महासंघले कारबाही गर्ने बताएको छ। पार्टी प्रतिनिधि र सदस्य बनेकालाई महासंघले सदस्यता नै खारेज गर्ने चेतावनी दिएको छ। पत्रकार महासंघका पदाधिकारी, सदस्य र साधारण सदस्य विभिन्न राजनीतिक दलका विभिन्न तहमा उम्मेदवार र प्रतिनिधि बनेको खबर आइरहेका छन्। पत्रकारहरू दलमा आवद्ध भएकोबारे महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

‘प्रमुख राजनीतिक दलका विभिन्न तहका कमिटीहरूमा अहिले धमाधम चुनाव हुने वा प्रतिनिधि चयन हुने क्रम जारी रहेको अवस्थामा समाजका विभिन्न क्षेत्रबाट आएका आलोचना तथा टीकाटिप्पणीलाई महासंघ केन्द्रीय समितिले गम्भीर रूपमा लिएको छ,’ महासचिव रोशन पुरीले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

उनले महासंघको विधानअनुसार ‘महासंघका केन्द्रीय समिति, प्रदेश समिति वा शाखा समितिका पदाधिकारी र सदस्यले सो पदमा बहाल रहेसम्म कुनै राजनीतिक दल वा भातृ संगठनको कुनै पनि तहको विभाग वा समितिमा रही काम गर्न पाउने छैन’ भन्ने कुरा व्यवस्था गरेको समेत उल्लेख गरेका छन्। राजनीतिक दल वा भातृ संगठनको कुनै पनि तहको विभाग वा समितिमा रही काम गरेमा संगठन समितिको सिफारिसमा केन्द्रीय समितिले स्पष्टीकरण सोध्ने, निलम्बन गर्ने र सदस्यता खारेज गर्ने निर्णयसमेत गर्न सक्ने चेतावनी महासंघको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भीडमाथि गाडी चलाउँदा अमेरिकामा पाँच जनाको मृत्यु सञ्चार संवाददाता

६ मंसिर २०७८, सोमबार ०७:०७
एजेन्सी।अमेरिकाको विस्कनसिनमा क्रिसमस परेडमा एक व्यक्तिले गाडी चलाउँदा पाँचजनाको ज्यान गएको छ। घाइतेको संख्या ४० भन्दा बढी रहेको स्थानीय प्रहरीलाई उद्धृत गर्दै अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्। सामाजिक सञ्जालमा पोस्ट भएको भिडियोमा एक व्यक्तिले रातो रंगको कार परेडमा सहभागी मानिसमाथि चलाएको देखिन्छ।स्थानीय समयअनुसार आइतबार बेलुका विस्कनसिनको वाकिशामा भएको घटनामा कारले बालबालिकासहितलाई […]

सम्बन्धित शीर्षक