राष्ट्रपतिमा रामचन्द्र पौडेलले गरे उम्मेदवारी दर्ता

कर्णाली अनलाइन १३ फाल्गुन २०७९, शनिबार १४:५८

काठमाडौँ।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपतिमा उम्मेदवारी मनोनयन दर्ता गराएका छन्।शनिबार दिउँसो नयाँ बानेश्वरस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले उम्मेदवारी मनोनयन दर्ता गराएका हुन्। पौडेलले आठ दलीय गठबन्धनका साझा उम्मेदवारका रुपमा मनोनयन दर्ता गराएका हुन्।

उनलाई नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी), जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाको साथ छ।

पौडेलको प्रस्तावकमा कांग्रेस सभापति शेरबहादुर देउवा, माधव कुमार नेपाल, नारायणकाजी श्रेष्ठ, अशोक राई र मोहम्मद अब्दुल खान रहेका छन् भने समर्थकमा महन्थ ठाकुर, पूर्णबहादुर खड्का, रञ्जिता श्रेष्ठ, चित्रबहादुर केसी र हितराज पाण्डेले छन्।

यसअघि एमाले उपाध्यक्ष सुवास नेम्वाङले उम्मेदवारी मनोनयन दर्ता गराइसकेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राज्यले कुस्ती र खेलाडीलाई बेवास्ता गरेको गुनासो

१३ फाल्गुन २०७९, शनिबार १४:५८
दाङ।नेपाली कुस्ती खेलाडीहरूले राज्यले आफूहरूको बेवास्ता गरेको गुनासो गरेका छन्।अरु खेल र ती खेलका खेलाडीहरूलाई राज्यले जसरी सघाएको छ, त्यसरी नै कुस्ती र कुस्ती खेलाडीलाई सहयोग नगरेको र पक्षपात गरेको बताएका हुन्। रोल्पा त्रिवेणी गाउँपालिका-४ का रमेश गोतामेले कुस्ती खेल्न थालेको करिब १३ वर्ष भयो। उनले राष्ट्रिय तथा अन्तरराष्ट्रिय कुस्ती […]