प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाए

कर्णाली अनलाइन ३० पुष २०७८, शुक्रबार ०७:१०

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। बालुवाटार स्रोतका अनुसार बैठकमा कोरोना महामारी, कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले गरेको सिफारिसलगायत नियमित काम कारबाहिको विषयमा छलफल केन्द्रित हुने छ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या बढ्दै गएको भन्दै सीसीएमसीले १३ बुँदे सिफारिस गरेको थियो।

गत शनिबारदेखि राजनीतिक भेटघाट स्थगित गरेर आइसोलेसनमा बसेका देउवाको सोमबार र बिहीबार गरिएको कोभिड-१९ परीक्षण गराएका देउवाको दुवै रिपोर्ट नेगेटिभ आएको छ। देउवा शुक्रबारबाट नियमित काममा फर्किएका हुन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुर्खेतमा कोइला बाली झ्याल ढोका थुनेर बस्दा निस्सासिएर चार जना एउटै कोठाभित्र मृत फेला

३० पुष २०७८, शुक्रबार ०७:१०
सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेतस्थित बुद्बुदी टोलमा बस्दै आएका एकै परिवारका चार जना एउटै कोठाभित्र मृत फेला परेका छन्। मृत्यु हुनेमा जाजरकोटको शिवालय गाउँपालिका–४ स्थायी घर भएकी ३५ वर्षीय कल्पा बुढा, उनका छोरा आठ वर्षीय नीरज र नौ वर्षीय चिरञ्जीवी र कल्पाका दाजुको पाँच वर्षीय छोरा सम्राट रहेका छन्। जिल्ला […]