बाजुरा केन्द्रविन्दु भएर भूकम्पको धक्का

कर्णाली अनलाइन १० माघ २०७९, मंगलवार १६:४४

सुर्खेत।सुदूरपश्चिमको बाजुरा केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसाे २ बजेर ४५ मिनेट जाँदा भूकम्पकाे धक्का महसुस गरिएको हो।

भूकम्प मापन केन्द्रका अनुसार ५.९ म्याग्निच्यूडको भूकम्प गएको हाे भने उक्त भूकम्पको धक्का कर्णाली प्रदेशका जिल्लाहरूमा समेत महसुस गरिएको छ।

सदरमुकाम चैनपुरमा रहेकाे कृषि ज्ञानकेन्द्रको भवन हाल सशस्त्र प्रहरीले प्रयोग गर्दै आएको भवन भूकम्पले भत्काएको र अन्य क्षतिकाे विवरण भने हालसम्म नआएकाे जिल्ला प्रहरी कार्यालय बझाङले जनाएकाे छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भूकम्पसँगै भीरबाट खसेको ढुंगाले लागेर मृत्यु

१० माघ २०७९, मंगलवार १६:४४
धनगढी : बाजुरामा गएको भूकम्पसँगै भीरबाट खसेको ढुंगा लागेर एक महिलाको मृत्यु भएको छ।जिल्लाको गौमुल गाउँपालिका–२ स्थित स्थानीय जंगलमा घाँस काट्ने क्रममा भूकम्प आउँदा माथिबाट खसेको ढुंगाले लागेर महिलाको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार ढुंगा लागेर मृत्यु हुनेमा स्थानीय जमुना रोकाया रहेकी छन्।उनको मृत्युको खबरपछि उक्त क्षेत्रमा प्रहरी […]