बालुवाटारमा प्रधानमन्त्री, अर्थमन्त्री र गभर्नरबीच छलफल

कर्णाली अनलाइन २० पुष २०७९, बुधबार १३:१४

काठमाडौं।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र नेपाल राष्ट्र बैङ्कका गर्भनर महाप्रसाद अधिकारीसँग छलफल गरेका छन्।

प्रधानमन्त्री प्रचण्डले बालुवाटारमा अर्थमन्त्री पौडेल र गर्भनर अधिकारीसँग देशको वर्तमान अर्थतन्त्रको अवस्था, बैंकिङ क्षेत्रमा देखिएका समस्या र तत्काल सुधार गर्नुपर्ने विषयका बारेमा छलफल गरेका हुन्।

छलफलमा प्रधानमन्त्री प्रचण्डले बैंकिङ क्षेत्रमा पछिल्लो समयमा देखिएका समस्या तथा चुनौतीहरूको विषयमा चासो राखेका थिए।

त्यस्तै ब्याजदर घटाउन तथा तरलताको समस्याबारे मौद्रिक नीतिमा सुधारका साथै अन्य आवश्यक पहलकदमी गर्नुपर्नेमा जोड दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सत्ता गठबन्धनको बैठक:भ्रष्टाचार नियन्त्रण प्राथमिकतामा

२० पुष २०७९, बुधबार १३:१४
काठमाडौँ।सत्ता गठबन्धनले भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकतामा राखेर जनजीविकालाई सहज बनाउनेबारे शीर्ष नेताहरुबीच छलफल गरेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले सरकारले केही दिनमा गरेको कामको समीक्षासमेत गरेको छ। बैठकमा सहभागी उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका अनुसार मन्त्रालय फुटाउनेबारे गठबन्धनको बैठकमा कुनै छलफल भएन । प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद्ले […]