सत्ता गठबन्धनको बैठक:भ्रष्टाचार नियन्त्रण प्राथमिकतामा

कर्णाली अनलाइन २० पुष २०७९, बुधबार १९:५०

काठमाडौँ।सत्ता गठबन्धनले भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकतामा राखेर जनजीविकालाई सहज बनाउनेबारे शीर्ष नेताहरुबीच छलफल गरेको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले सरकारले केही दिनमा गरेको कामको समीक्षासमेत गरेको छ।

बैठकमा सहभागी उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका अनुसार मन्त्रालय फुटाउनेबारे गठबन्धनको बैठकमा कुनै छलफल भएन । प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने पनि उनले बताए। गठबन्धनको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयारी भइरहेकाले बिहीबार यसलाई टुंग्याउने पनि मन्त्री लामिछानेले बताए। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी ओली, रास्वपा अध्यक्ष एवं गृहमन्त्री रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रेस युनियन कर्णाली प्रदेश प्रथम अधिवेशनमा माईक तानातान

२० पुष २०७९, बुधबार १९:५०
सुर्खेत।नेपाल प्रेस युनियन कर्णाली प्रदेश प्रथम अधिवेशनको क्रममा विवाद भएको छ। अधिवेशनमा स्थापन पक्ष र स्थापन इतर पक्षको पार्षदको विषयलाई लिएर विवाद सिर्जना भएको हो। बिहीबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको टाकुमा होटेलमा आयोजित अधिवेशनमा संस्थापन पक्षधर पार्षदको विषय लिएर दुई पक्षबची लफडा भएको हो। संस्थापन इत्तर पक्षधरका पार्षदहरु धेरै भएको […]