आज कहाँ कहाँ वर्षा र हिमपातको सम्भावना छ?

कर्णाली अनलाइन ११ पुष २०७८, आईतवार ०३:३३

काठमाडौँ।देशभरको मौसम आइतबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।अहिले देशमा पश्चिमी वायुको प्रभाव रहेको मौसमविद्ले बताएका छन्।सुदूरपश्चिम तथा कर्णाली प्रदेशमा अहिले आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशको पहाडी भूभागहरूमा आंशिक बदली रहेको छ।

दिउँसो देशको गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत अन्य पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। पहाडी भूभागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्। उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

यस्तै राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। सुदूरपश्चिम र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानलगायत अन्य उच्च पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

यसैबीच देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको तथा देशका पहाडी भूभागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको र तराईका भूभागहरुममा बिहानको समयमा हुस्सु–कुहिरो लाग्नुका साथै देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पुष१८ देखि सुर्खेत-काठमाण्डौ नियमित उडान गर्ने गुण एयरलाइन्सको तयारी

११ पुष २०७८, आईतवार ०३:३३
सुर्खेत।गुण एयरलाइन्स कम्पनीले यहि पुष १८ अर्थात् जनवरी १ तारिख देखि सुर्खेत काठमाण्डौ नियमित उडान शुरु गर्न भएको छ ।यस अघि नै देशका विभिन्न प्रमुख शहरहरु भरतपुर, पोखरा, तुम्लिङटार भैरहवा, नेपालगञ्ज,विराटनगरमा र ३० सिट क्षमताको जेट्स्ट्रीम जहाजबाट सिमरामा नियमित हवाई उडान गरिरहेको गुण एयरलाइन्सले यहि पुष १८ देखि सुर्खेत काठमाण्डौ […]