कालिकोटबाट नेपालगञ्ज जाँदै गरेको बस बराहताल गाउँपालिका–८ मसिना नजिक आगलागी

बसमा सवार करिब ३० जना सबै सकुशल

कर्णाली अनलाइन ११ चैत्र २०७८, शुक्रबार ११:३४

सुर्खेत । कालिकोटबाट नेपालगञ्जतर्फ जाँदै गरेको बसमा आगलागी भएको छ । शुक्रबार दिउँसो सुर्खेतको बराहताल गाउँपालिका–८ मसिना नजिक ना ८ ख २३५६ नम्बरको बसमा आगलागी भएको हो ।

जिल्ला ट्रफिक कार्यालय सुर्खेतका अनुसार गुडिरहेको बसमा अचानक ब्याट्रिको तार सट भएर आगलागी भएको हो । बसमा सवार करिब ३० जना सबै सकुशल रहेका छन् भने बसमा क्षती समेत पुगेको छ ।हाल दमकल आगो नियन्त्रणका लागि घटना स्थल तर्फ गईसकेको प्रहरीको भनाई रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चिनियाँ विदेश मन्त्री वाङ यी काठमाण्डौमा

११ चैत्र २०७८, शुक्रबार ११:३४
काठमाडौँ।चिनियाँ विदेशमन्त्री वाङ यी नेपालको तीनदिने भ्रमणका लागि शुक्रबार अपराह्न काठमाडौँ ओर्लिएका छन्।उनी औपचारिक भ्रमणका लागि नयाँ दिल्ली हुँदै काठमाडौँ आइपुगेका  हुन्। उनी निर्धारित समयभन्दा एक घन्टा ढिला गरी त्रिभुवन विमानस्थलमा ओर्लिएका हुन्। विमानस्थलबाट उनी सोझै द्वारिकाज होटल पुगेका छन्। शुक्रबार आराममै बिताउने विदेशमन्त्री वाङले शनिबार र आइतबारमात्र उच्चस्तरीय भेटघाट […]