स्थानीय तहको चुनाव प्रचारमा दलको झण्डा वा चुनाव चिह्न अंकित टोपी टिसर्ट लगाउन नपाइने

कर्णाली अनलाइन ३ चैत्र २०७८, बिहीबार १५:४७


काठमाडौं।स्थानीय तहको निर्वाचनमा जुलुस वा आससभा भाग लिने वा प्रचार–प्रसार गर्ने व्यक्तिले दलको निर्वाचन चिन्ह झण्डा अंकित लोगो वा स्टिकर वा कपडा वा क्याप, भेस्ट टिसर्ट, ज्याकेट, कमिज, गम्छा, व्याज, मास्क वा लकेट लगाउन वा झोला बोक्न नपाउने भएका छन्।

तर,उम्मेदवारले ए फोर साइजको कागजमा आफ्नो व्यक्तिगत पहिचान (बायोडाटा)को विवरण खुलाई वितरण गर्न बाधा नपर्ने भनिएको छ।निर्वाचन आयोगले स्थानीय तह निर्वाचन २०७९ लाई लक्षित गरी तयार पारिएको आचारसंहितामा यस्तो व्यवस्था गरिएको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

स्थानीय तहको निर्वाचनमा उम्मेदारले पच्चीस हजारभन्दा बढी सहयोग प्राप्त गर्दा बैंकमार्फत गर्नुपर्ने

३ चैत्र २०७८, बिहीबार १५:४७
काठमाडौँ।आगामी बैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनमा उम्मेदारले खर्च गर्दा बैंकमा खाता खोलेर मात्रै गर्नुपर्ने भएको छ ।विहिवार निर्वाचन आयोगले राजपत्रमा प्रकाशित गरेको निर्वाचन आचारसंहिता यस्तो व्यवस्था गरिएको हो। आचारसंहिताको बुदाँ नम्वर १५ मा भनिएको छ, उम्मेदारले निर्वाचन सम्वन्धी खर्च गर्दा निजको तर्फबाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोक्नुपर्ने […]