स्थानीय तहको निर्वाचनमा उम्मेदारले पच्चीस हजारभन्दा बढी सहयोग प्राप्त गर्दा बैंकमार्फत गर्नुपर्ने

कर्णाली अनलाइन ३ चैत्र २०७८, बिहीबार १६:३४

काठमाडौँ।आगामी बैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनमा उम्मेदारले खर्च गर्दा बैंकमा खाता खोलेर मात्रै गर्नुपर्ने भएको छ ।विहिवार निर्वाचन आयोगले राजपत्रमा प्रकाशित गरेको निर्वाचन आचारसंहिता यस्तो व्यवस्था गरिएको हो।

आचारसंहिताको बुदाँ नम्वर १५ मा भनिएको छ, उम्मेदारले निर्वाचन सम्वन्धी खर्च गर्दा निजको तर्फबाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोक्नुपर्ने ,त्यस बमोजिम तोकिएका पदाधिकारीको नाम नामेसी सहितको विवरण उम्मेदारले निर्वाचन अधिकृतको कार्यालय तथा निर्वाचन कार्यालयमा जानकारी गराउनुपर्ने ।

यस्तै राजनीतिक दलले निर्वाचन सम्वन्धी खर्च गर्दा बैक खातामार्फत दलले तोकेको जिम्मेवारी पदाधिकारीद्धारा खर्च गर्नुपर्नेछ ।जसमा पच्चीस हजार रुपैयाँभन्दा बढी आर्थिक सहयोग प्राप्त गर्दा बैक वा वित्तीय सस्था मार्फत गर्नुपर्नेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

निर्वाचन आचारसंहिता : सामाजिक सञ्जालमा के गर्न हुन्छ, के हुँदैन?

३ चैत्र २०७८, बिहीबार १६:३४
काठमाडौँ।निर्वाचन आयोगले जारी गरेको स्थानीय तहसम्बन्धी निर्वाचन आचारसंहिता राजपत्रमा प्रकाशित भएको छ। उक्त आचारसंहिता आयोगले तोकेको मितिबाट मात्र कार्यान्वयनमा जानेछ। यो आचारसंहिता सरकारी अधिकारीदेखि मतदातासम्मलाई लागू हुनेछ। एकभन्दा बढी राजनीतिक दल, उम्मेदवार वा दलको भ्रातृ संगठनले एकै समयमा एकै स्थान वा मार्गमा जुलुस, आमसभा, कोणसभा, बैठक वा भेला गर्न पाइनेछैन। […]