रवि लामिछानेको राहदानी प्रकरणमा मुद्दा नचलाउने निर्णयविरुद्ध भोलि सुनुवाइ हुने

कर्णाली अनलाइन २० चैत्र २०७९, सोमबार १६:३०

काठमाडौँ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि राहदानी प्रकरणमा मुद्दा नचलाउने निर्णयविरुद्धको रिटमा मंगलबार सुनुवाइ हुने भएको छ।

आइतबार अधिवक्ता युवराज पौडेल (सफल)ले महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध रिट पेश गरेका थिए। सर्वाेच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले भाेलि सुनुवाइ हुने जानकारी दिए।

पौडेलले नै यसअघि लामिछानेको सांसद पदको योग्यतामा प्रश्न उठाउँदै रिट दायर गरेका थिए।साेही रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले लामिछानेको सांसद पद खारेज गरेको थियो।यही चैत ६ गते महान्यायाधिवक्ता कार्यालयले लामिछानेविरुद्ध मुद्दा चलाउनु नपर्ने निर्णय सदर गरेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

निगमले घटायो इन्धनको भाउ‚ अब पेट्रोल १७५ रूपैयाँ प्रतिलिटर

२० चैत्र २०७९, सोमबार १६:३०
काठमाडौं।नेपाल आयल निगमले पेट्रोल‚ डिजेललगायत इन्धनको भाउ घटाएको छ भने खाना पकाउने ग्यासको भाउ भने यथावत् राखेको छ। भारतीय आयल कर्पोरेशन (आइओसी) ले मूल्य घटाएर नयाँ मूल्यसूची पठाएको केही दिनपछि निगमले इन्धनको भाउ घटाउने निर्णय गरेको हो। निगमले प्रतिलिटर डिजेल‚ मट्टितेल र हवाई इन्धनमा १० रूपैयाँ र पेट्रोलमा ३ रूपैयाँ भाउ घटाएको छ।निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले […]