पार्टी निर्माण र नेताहरुको आचरणलाई अनुशासित बनाउन आइडियोलोजी,थ्यौरी,फिलोसोफी आवश्यक हुन्छ:अध्यक्ष बम

कर्णाली अनलाइन १४ पुष २०७८, बुधबार ०६:५४


कालिकोट। जिल्लाको पलाँता गाउँपालिका अध्यक्ष तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)प्रदेश कमिटि सदस्य लक्ष्मण बहादुर बम (पलातिकान्छा) ले ‘राजनीतिक पार्टी निर्माण र नेताहरुको आचरणलाई अनुशासित बनाउन राजनीतिक विचारधारा वा आदर्श (आइडियोलोजी), राजनीतिक सिद्धान्त (थ्यौरी), राजनीतिक दर्शन (फिलोसोफी)आवश्यक रहेको बताए’।

जसरी इलेक्टोनिक उर्जा पैदा गर्ने विभिन्न पदार्थ र पार्टपुर्जाको आवश्यक रहे झैँ राजनीतिक उर्जा पैँदा गर्ने हरेक क्षेत्र, वर्ग र चेतनाको नेतृत्व गर्ने व्यक्तित्वहरुको सम्वन्ध अपरिहार्य रहेको बताए। नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेसन तर्फ संकेत गदैँ सवैलाई समेटेर, बिचार, सिद्धात , मन मिल्ने र राष्ट्रियताको एजेण्डा मिल्लेहरु सँग एकता र गठबन्धन को स्थायित्व कायम राख्नु पर्छ भन्ने कुरा तर्फ जोड दिदै फेसवुक स्टाटस मार्फत आफनो मत जाएर गरेका छन।

राजनीति र समाजसेवा एक सिक्काका दूई पाटा हुन।यी दुई क्षेत्रमा लागे पनि उस्तै उस्तै काम हुन भनिन्छ।राज्यको नीतिभित्र रहेर राजपाठमा अह्म भुमिका निर्वाह गर्ने अगुवाइ गर्ने ,नेतृत्व प्रदान गर्ने र बृहत्तर राष्ट्रिय र मानवहितमा समर्पण रहनुको अर्थ नै राजनीति हो ।पुजीवादी समाजवाद,र मिश्रत अर्थतन्त्र रहेको राजनीति गर्नु पर्ने भन्दै राजनीतिक इच्छुक व्यक्तिहरु थप सामाजिक प्रतिष्ठा आर्जन गर्न र बृहत्तर जनता मुलुक र अझ त्यो भन्दा माथि उठेर मानव जाति र प्रकृति संरक्षण मा समेत अहंम भुमिका निर्वाह गर्ने सोचका साथ राजनीतिमा आउन जोड दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रूखमा ठोकिएर मोटरसाइकल दुर्घटना, ३ जनाकै मृत्यु

१४ पुष २०७८, बुधबार ०६:५४
झापा।झापामा मोटरसाइकल दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा चितवनको राप्ती- ४ निवासी १९ वर्षीय किसन सेन्चुरी र ताप्लेजुङको भुइँखोला- ३ निवासी १९ वर्षीय अनिल लामगादे र खोटाङको चिसापानी- ४ निवासी २३ वर्षीय अनिल विक रहेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए। प्रहरीका अनुसार दमक नगरपालिका- […]