रूखमा ठोकिएर मोटरसाइकल दुर्घटना, ३ जनाकै मृत्यु

कर्णाली अनलाइन १४ पुष २०७८, बुधबार ०७:०३

झापा।झापामा मोटरसाइकल दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा चितवनको राप्ती- ४ निवासी १९ वर्षीय किसन सेन्चुरी र ताप्लेजुङको भुइँखोला- ३ निवासी १९ वर्षीय अनिल लामगादे र खोटाङको चिसापानी- ४ निवासी २३ वर्षीय अनिल विक रहेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए।

प्रहरीका अनुसार दमक नगरपालिका- २ स्थित भाङवारिमा गए राति प्र १–०२–०४३ प ६९२६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउको रूखमा ठोक्किँदा दुर्घटना भएको थियो।एउटै मोटरसाइकलमा सवार तीनै जनाको घटनास्थलमै मृत्यु भएको डिएसपी पाठकले बताए। उनीहरू सुनचाँदी पसलमा काम गर्ने कामदार रहेको प्रहरीले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मौसम भोलिदेखि क्रमिक सुधार हुने

१४ पुष २०७८, बुधबार ०७:०३
काठमाडौं ।पश्चिमी वायुको प्रभावले आज देशको अधिकांश भूभागमा वर्षा तथा उच्च पहाडी एवं हिमाली भूभागमा हिमपात भइरहेको छ।यो क्रम बुधबार रातिसम्म कायम रहने जल तथा मौसम विज्ञान विभागका मौसमविद् गंगा नगरकोटीले बताइन्। उनले भनिन्‚ ‘सो प्रणाली बिहीबारदेखि क्रमिकरुपमा कमजोर बन्दै जाने देखिएको छ।’ हाल देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश […]

सम्बन्धित शीर्षक