एमाले कोशीको अध्यक्षमा घनश्याम खतिवडा विजयी

कर्णाली अनलाइन १६ आश्विन २०८०, मंगलवार ०७:२९

विराटनगर।नेकपा एमाले कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा विजयी भएका छन्। सोमबार सम्पन्न मतगणनाको परिणाम अनुसार खतिवडा ८२ मतान्तरले अध्यक्षमा विजयी भएका हुन् ।

मोरङ लेटाङका खतिवडा  ५१२ मत ल्याई विजयी हुँदा प्रतिस्पर्धी विनोदप्रसाद ढकालले ४३० मत ल्याए। ३५ मत बदर भएको छ।खतिवडा मोरङ क्षेत्र नं. १ बाट निर्वाचित पूर्वसांसद् तथा नेकपा एमाले कोशी प्रदेश सचिवालय सदस्य हुन्। उपाध्यक्षमा भने धनकुटाका टीकराम चेम्जोङ सर्वसहमत निर्वाचित भएका छन्।

यस्तै सचिवमा पाँचथरका राजकुमार भण्डारी, उपसचिवमा झापाकी जलवर्षा राजवंशी र खोटाङका देवान राई विजयी भएका छन्। उनीहरू खतिवडाकै प्यानलबाट विजयी भएका हुन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आज यी प्रदेशमा हल्कादेखि भारी वर्षा

१६ आश्विन २०८०, मंगलवार ०७:२९
काठमाडौं ।गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा बिहानैदेखि हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। महाशाखाका अनुसार बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ। राति कोशी, मधेश, बागमती, गण्डकी र […]