प्रधानन्यायाधीशको राजीनामा माग्दै आज पनि प्रदर्शन

कर्णाली अनलाइन १५ कार्तिक २०७८, सोमबार ०८:४९

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग्दै आन्दोलनरत कानून व्यवसायीहरुले आज दोस्रो दिन पनि प्रदर्शन गरेका छन् । सर्वोच्च अदालत परिसरमा आज पनि प्रदर्शन जारी छ । उनीहरु प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने मागसहितको कालो ब्यानर बोकेर उभिएका छन् । साढे १० बजेदेखि साढे ११ बजेसम्म एक घण्टा धर्ना दिने उनीहरुको पूर्वनिर्धारित कार्यक्रम छ ।

नेपाल बार एशोसिएसनको अगुवाइमा जारी प्रदर्शनमा सहभागी कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने जनाएका छन् । १६ गतेसम्म पनि राजीनामा नदिए आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने निर्णय एशोसिएसनले गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ओली गणतन्त्र उल्ट्याउन लागिपरेका छन् – प्रचण्ड

१५ कार्तिक २०७८, सोमबार ०८:४९
काठमाडौँ ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओली गणतन्त्र उल्ट्याउन लागिपरेको आरोप लगाएका छन्।कीर्तिपुरमा सोमबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष दाहालले एमाले अध्यक्ष केपी शर्मा ओली गणतन्त्र उल्ट्याउन लागिपरेको आरोप लगाएका हुन्। उनले माओवादी शिथिल हुँदा, कार्य व्यस्ततामा हुँदा प्रतिगमनकारी शक्तिले गणतन्त्र नै सक्न लागिपरेको […]