पाँचथरमा लेक लागेर एक जनाको ज्यान गयाे

कर्णाली अनलाइन २० माघ २०७८, बिहीबार ०७:०९

पाँचथर।पाँचथरको उच्च पहाडी क्षेत्रमा पर्ने फालेलुङ गाउँपालिकाको धुपीडाँडामा लेक लागेर एक जनाको ज्यान गएकाे छ । जिल्लाको फालेलुङ गाउँपालिका–५ का ३१ वर्षीय विशाल मगरको लेक लागेर आज बिहान ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

आहाल भन्ने ठाउँमा रहेको चौरी गोठमा जाने क्रममा हिउँको कारण लेक लागेर उहाँकाे ज्यान गएको प्रहरी निरीक्षक एवम् सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिनुभयो ।भाइ विक्रम मगरसँग आहाल जाँदै गर्दा हिउँमा हिँड्न नसकेर घर फर्कने क्रममा विशाललाई लेक लागेको थियाे ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बैतडीको हवाई सेवा एक महिनादेखि बन्द

२० माघ २०७८, बिहीबार ०७:०९
बैतडी ।बैतडीको हवाई सेवा एक महिनादेखि बन्द रहेको छ ।  गएकाे पुस १६ गते बैतडी–धनगढी  उडान भए पनि त्यसपछि बन्द रहेको हो ।  हप्ताको एक दिन शुक्रवार बैतडीबाट धनगढीसम्म समिट एयरले उडान भर्दै आएको थियो । नियमित रुपमा  उडान हुने गरेकामा अहिले यात्रु नपाउँदा बन्द रहेको नागरिक उड्डयन कार्यालय पाटनका वरिष्ठ […]