बैतडीको हवाई सेवा एक महिनादेखि बन्द

कर्णाली अनलाइन २० माघ २०७८, बिहीबार ०७:१५

बैतडी ।बैतडीको हवाई सेवा एक महिनादेखि बन्द रहेको छ ।  गएकाे पुस १६ गते बैतडी–धनगढी  उडान भए पनि त्यसपछि बन्द रहेको हो ।  हप्ताको एक दिन शुक्रवार बैतडीबाट धनगढीसम्म समिट एयरले उडान भर्दै आएको थियो ।

नियमित रुपमा  उडान हुने गरेकामा अहिले यात्रु नपाउँदा बन्द रहेको नागरिक उड्डयन कार्यालय पाटनका वरिष्ठ अधिकृत दीपक भट्टले बताउनुभयो ।  उहाँले भन्नुभयो, ‘यात्रु नहुँदा नियमित उडान गर्न सकिएको छैन्, मौसम खराबीका कारण यात्रुले हवाई यात्रा नगरेको देखिएको छ ।’

मौसम सफा हुँदै गएकाले अब केही दिनपछि नियमित उडानको तयारी भएको जनाइएको छ । अठार यात्रु क्षमताको समिट एयरको जहाजका लागिसमेत यात्रु नहुँदा समस्या भएको छ ।  उहाँले भन्नुभयो, ‘दैनिक ५/७ जनाले मात्र हवाई यात्रा खोज्ने गरेका छन्, १४/१५ जनासम्म पुगेपछि उडान गर्न सकिन्छ ।’

२०३२ सालमा पाटनमा विमानस्थल निर्माणको काम सुरु भएर २०३५ सालदेखि हवाई सेवा सुरु भएको थियो। तर, २०५२ सालदेखि विमानस्थल बन्द भएको थियो । त्यतिबेला पहाडी जिल्लामा सडक सञ्जाल पुगेको र यात्रु कम भएको भन्दै विमानस्थल बन्द गरिएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमसीसी सहमतिमा पास गर्नुपर्छ :एमाले सचिव रायमाझी

२० माघ २०७८, बिहीबार ०७:१५
काठमाडौँ ।नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले दलहरुबीचको सहमतिमा एमसीसी पास गर्नुपर्ने बताएका छन्।उनको पार्टी एमालेले एमसीसीबारे स्पष्ट धारणा सार्वजनिक गरिनसकेको अवस्थामा पूर्वउपप्रधान एवं ऊर्जामन्त्रीसमेत रहेका नेता रायमाझीले राजनीतिक सहमतिमा एमसीसी पारित गर्नुपर्ने बताएका हुन्। रिपोर्टर्स क्लब नेपालले बिहीबार आयोजना गरेको साक्षात्कारमा नेता रायमाझीले एमसीसी छिटो संसदमा पेश गर्न प्रधानमन्त्री शेरहादुर […]