मुख्यमन्त्री पुरुष कबड्डी प्रतियोगिताको उपाधि आर्मीलाई

कर्णाली अनलाइन ८ बैशाख २०७९, बिहीबार ०१:३१

कैलाली।मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल आर्मी क्लबले जितेको छ । आज भएको फाइनलमा अर्को विभागीय टोली नेपाल एपिएफ क्लबलाई हराउँदै आर्मीले उपाधि जितेको हो ।

आर्मीले एपिएफलाई ४०–१६ ले हरायो । कैलाली जिल्ला कबड्डी सङ्घको आयोजनामा धनगढीमा भएको प्रतियोगिताको उपाधिसँगै आर्मीले रु एक लाख ५० हजार पुरस्कार प्राप्त गरेको छ । उपविजेता एपिएफले रु ८० हजारमा चित्त बुझाएको छ ।सेमिफाइनल पुगेका दुई टोली सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशले तेस्रो स्थान प्राप्त गरेका छन् । दुवै टोलीले रु ४०/४० हजार प्राप्त गरेका छन् ।

सुदूरपश्चिम खेलकुद परिषद् मुख्य प्रवद्र्धक रहेको प्रतियोगिताका विजयी खेलाडीहरुलाई एक कार्यक्रमबीच सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री गोविन्द बोहोराको प्रमुख आतिथ्यतामा पुरस्कार वितरण गरिएको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अवैध काठ बड्डीचाैरमा बरामद

८ बैशाख २०७९, बिहीबार ०१:३१
सुर्खेत । बराहताल गाउँपालिका–५ बड्डिचाैरबाट प्रहरीले अवैध काठसहित टिप्पर नियन्त्रणमा लिएकाे ५ । बड्डीचाैर-वावियाचाैर सडक खण्डकाे गिमिनेबाट टिप्परमा ल्याउँदै गरेकाे सालकाे काठसहित प्रहरीले नियन्त्तणमा लिएकाे हाे । अस्थायी प्रहरी पाेष्ट  बड्डीचाैर र सव डिभिजन वनकार्यालयको टाेलीले भे १ क १९२५ नम्बरकाे टिप्परमा लोड गरी वीरेन्द्रनगर ल्याउँदै गरेकाे काठ नियन्त्रणमा लिएकाे जिल्ला […]