अवैध काठ बड्डीचाैरमा बरामद

कर्णाली अनलाइन ८ बैशाख २०७९, बिहीबार ०४:४९

सुर्खेत । बराहताल गाउँपालिका–५ बड्डिचाैरबाट प्रहरीले अवैध काठसहित टिप्पर नियन्त्रणमा लिएकाे ५ । बड्डीचाैर-वावियाचाैर सडक खण्डकाे गिमिनेबाट टिप्परमा ल्याउँदै गरेकाे सालकाे काठसहित प्रहरीले नियन्त्तणमा लिएकाे हाे ।

अस्थायी प्रहरी पाेष्ट  बड्डीचाैर र सव डिभिजन वनकार्यालयको टाेलीले भे १ क १९२५ नम्बरकाे टिप्परमा लोड गरी वीरेन्द्रनगर ल्याउँदै गरेकाे काठ नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएकाे छ । प्रहरीले टिप्परमा लाेड गरिएकाे तीन थान गोलिया सालको काठ बरामद भएको हो ।

बरामद भएको काठको नापजाँचका लागि डिभिजन वन कार्यालय बाबियाचौर पठाइएको छ । प्रहरीले टिप्पर चालक तुलसीपुर दाङ घर भएका ३१ वर्षीय बसन्त रानालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अक्सिजन प्लान्टमा विस्फोटको छानबिन गर्ने सरकारको तयारी

८ बैशाख २०७९, बिहीबार ०४:४९
ललितपुर।उद्योगमन्त्री दिलेन्द्रप्रसाद बडुले पाटन औद्योगिक क्षेत्रमा बिहीबार भएको बिस्फोटको छानबिनका लागि निर्देशन दिएका छन्। घटनास्थलको निरीक्षणमा पुगेको मन्त्री बडुले घाइतेको उपचार सरकारले गर्ने बताए।सगरमाथा अक्सिजन प्लान्टमा बिहीबार बिहान बिस्फोट हुँदा एकजनाको मृत्यु हुनुका साथै अरु सातजना घाइते भएका छन्। ललितपुरका प्रहरी प्रवक्ता सिद्धिविक्रम शाहले भने, ‘भारतको पश्चिम चम्पारणका ४५ वर्षीय […]