युक्रेन युद्धमा ३ हजारभन्दा बढी सर्वसाधारणको मृत्युः राष्ट्रसंघ

कर्णाली अनलाइन २० बैशाख २०७९, मंगलवार ०५:०६

एजेन्सी।संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चआयोग (ओएचसिएचआर)ले २४ फेब्रुवरीदेखि भएको रुसी हमलामा ३ हजारभन्दा बढी सर्वसाधारणको मृत्यु भएको जनाएको छ।युद्धमा ३ हजार १५३ जनाको मृत्यु भएको ओएचसीएचआरले जनाएको छ। युद्धमा मृत्यु हुनेको संख्या योभन्दा अझैबढी हुने ओएचसीएचआरले जनाएको छ।

अधिकांश पीडितहरू क्षेप्यास्त्र आक्रमण र हवाई हमलाहरू जस्ता विस्फोटक हतियारहरूबाट मारिएका जनाइएको छ।रुसले युक्रेनमा आफ्नो कार्यलाई युक्रेनलाई निशस्त्रीकरण गर्न र फासीवादीहरूबाट जोगाउनको लागि ‘विशेष कारबाही’ भनेको छ, जसलाई युक्रेन र पश्चिमाहरूले निराधार भनेका छन्।

युद्ध अन्त्यका लागि दुबै पक्षबीच पटक पटक भएका वार्ता विनानिस्कर्ष टुंगिएका छन्। युक्रेनले दुई देशका राष्ट्रपतिमा तहमा वार्ता हुनुपर्ने बताउँदै आएको छ। रुसले वार्ता र आक्रमण सँगसँगै गर्ने रणनीति लिएको पाइन्छ। एक साताअघि रुसी विदेशमन्त्री सर्गेई लाभ्रोभले तेस्रो युद्धको संकेत गरेका थिए।युक्रेन युद्ध दोस्रो चरणमा प्रवेश गरेको बताउँदै आएको रुसले पछिल्लो समयमा पूर्वी युक्रेनमा आक्रमण गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

काठमाडाैँ महानगरकाे उपमेयरकी उम्मेदवार सुनिता डंगोल विरुद्ध अख्तियारमा उजूरी

२० बैशाख २०७९, मंगलवार ०५:०६
काठमाडौ। काठमाडौँ महानगरपालिकामा नेकपा एमालेबाट उपमेयरकी उम्मेद्वार सुनिता डंगोलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा शैक्षिक प्रमाणपत्र ढाँटेर विज्ञ सल्लाहकारको नियुक्ति लिएको भन्दै उजूरी दर्ता भएको छ। उजूरीमा डंगोलले स्नातकोत्तर योग्यता प्राप्त गरेको भनी ढाँटी ५ वर्ष काठमाडौँ महानगरको शहरी विकास परियोजनाको सल्लाहकार नियुक्ति लिई तलव सुविधा लिएको आरोप छ ।काठमाडौँ महानगरपालिकामा […]