काठमाडाैँ महानगरकाे उपमेयरकी उम्मेदवार सुनिता डंगोल विरुद्ध अख्तियारमा उजूरी

कर्णाली अनलाइन २० बैशाख २०७९, मंगलवार ०६:०९

काठमाडौ। काठमाडौँ महानगरपालिकामा नेकपा एमालेबाट उपमेयरकी उम्मेद्वार सुनिता डंगोलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा शैक्षिक प्रमाणपत्र ढाँटेर विज्ञ सल्लाहकारको नियुक्ति लिएको भन्दै उजूरी दर्ता भएको छ।

उजूरीमा डंगोलले स्नातकोत्तर योग्यता प्राप्त गरेको भनी ढाँटी ५ वर्ष काठमाडौँ महानगरको शहरी विकास परियोजनाको सल्लाहकार नियुक्ति लिई तलव सुविधा लिएको आरोप छ ।काठमाडौँ महानगरपालिकामा रहेको शहरी विकास परियोजना जस्तो प्राविधिक विषयको ज्ञाता हुनुपर्ने र स्नातकोत्तर अध्ययन गरेको हुनुपर्नेमा समाजशास्त्र विषयमा स्नातक गरेको व्यक्तिलाई नियुत्ति दिइएको भन्दै गैरकानूनी आर्थिक लाभ लिएको आरोप छ ।उजूरी १६ बैशाखमा दर्ता भएको थियो ।

उजूरीमा डंगोलको नियुत्तिको सम्पुर्ण फाइल काठमाडौँ महानगरबाट झिकाई भ्रष्टाचार निवारण ऐन अनुसार कसूर सजाय गराई प्राप्त गरेको रकम तथा जरिवाना समेत असुल उपर गराउन माग गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भुवन केसी र श्वेता खड्का काँग्रेसमा प्रवेश, देउवाले गरे पार्टीमा स्वागत

२० बैशाख २०७९, मंगलवार ०६:०९
काठमाडौँ।अभिनेता भुवन केसी र अभिनेत्री श्वेता खड्का पनि काँग्रेस प्रवेश गरेका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रमका बीच केसी र खड्का काँग्रेसमा प्रवेश गरेका हुन् ।यस्तै कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का पनि काँग्रेस प्रवेश गरेका छन् । सबैलाई बालुवाटारमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा स्वागत […]