समाजवादी प्रेस संगठन नेपाल ,वैधानिक रूपमा दर्ता

कर्णाली अनलाइन ४ मंसिर २०७८, शनिबार ०५:४५

काठमाडौँ।समाजवादी प्रेस संगठन नेपालले संगठन स्थापनाको घोषणा गरेको एक साताभित्रै वैधानिक रूपमै आफ्नो दर्ता प्रक्रिया सम्पन्न गरेको छ ।हिजो (शुक्रबार) जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता भई प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालका हातबाट संगठनका उपाध्यक्षद्वय प्रकाश खतिवडा, बुद्धिवीर वाहिङ राई, महासचिव भूपराज खड्का र संगठनका तथा पत्रकार महासंघका केन्द्रीय सचिव गोविन्दप्रसाद चौलागाईंले संगठन दर्ताको प्रमाणपत्र सामूहिक रूपमा ग्रहण गरेका हुन् ।

संगठनले नेपाली पत्रकारिताको विकास, श्रमजीवी पत्रकारको हित र अधिकारका लागि क्रियाशील रहने, सूचनाको हक, मानवअधिकार र प्रेस स्वतन्त्रताका निम्ति संघर्ष गर्ने उद्देश्य राखेको आज जारी विज्ञप्तिमा जनाइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भारतले अनुमति नदिएपछि नेपाली भूमि हुँदै जनगणनाको टोली छाङरु र तिंकरतर्फ हिँड्यो

४ मंसिर २०७८, शनिबार ०५:४५
दार्चुला ।  जिल्लाको ब्यास गाउँपालिका- १ मा रहेका गाउँहरू छाङरु र तिंकरमा जनगणनाका लागि भारतले बाटो प्रयोग गर्न नदिएपछि जनगणना कार्यालय दार्चुलाको टोली नेपालकै बाटो भएर शुक्रबार उक्त स्थानतर्फ गएको छ । भारतीय बाटो प्रयोग गर्नका लागि भारतको पिथौरागढ जिल्लाको धार्चुला तहशिलसँग गत २६ कात्तिकमा नै अनुमति मागेको भए पनि […]