कर्णालीमा मन्त्रिपरिषद् हुदै, कसलाई कुन मन्त्रालय (सुचीसहित)

कर्णाली अनलाइन २३ माघ २०७८, आईतवार ०९:१३

सुर्खेत। सत्तारुढ गठबन्धनमा रहेका दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी)ले कर्णाली प्रदेश सरकारमा मन्त्रालयको भागबन्डा टुंग्याएका छन्। केन्द्रीय नेतृत्वसँगको समन्वयमा गठबन्धनले मन्त्रालयको भागबन्डा टुंगो लगाएको हो । भागबन्डा अनुसार नेपाली कांग्रेसले सरकारको नेतृत्वसहित आन्तरिक मामिला तथा कानुन मन्त्रालय र सामाजिक विकास मन्त्रालय, माओवादी केन्द्रले उर्जा जलस्रोत तथा सिचाई मन्त्रालय, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालय र नेकपा एकीकृत समाजवादीले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय र भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय लिने सहमति भएको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ।

सहमति अनुसार कांग्रेस नेतृत्वको कर्णाली सरकारमा अब कांग्रेसबाट दैलेखका सांसद हिमबहादुर शाहीलाई आन्तरिक मामिला तथा कानुनमन्त्री र सुर्खेतका यज्ञबहादुर बुढाक्षेत्रीलाई सामाजिक विकास मन्त्री बन्‍नेछन्। शाही नेपाली कांग्रेस संसदीय दलका सचेतकसमेत हुन् भने बुढाक्षेत्री पूर्व मन्त्री हुन्। बुढाक्षेत्री माओवादी नेतृत्वको सरकारमा पनि सामाजिक विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए।

त्यस्तै माओवादी केन्द्रले जाजरकोटका सांसद गणेशप्रसाद सिंहलाई उर्जा जलस्रोत तथा सिचाई मन्त्री र गैरसांसद कार्चेन लामालाई उद्योग पर्यटन वन तथा वातावरणमन्त्री बनाउने तयारी गरेको छ। भागबन्डामा परेको आर्थिक मामिला तथा योजना मन्त्रालय यसअघि नै माओवादी सुर्खेतका सांसद विन्दमान विष्टले सम्हालिसकेका छन्। विष्ट गत मंसिर १४ गते मन्त्री बनेका थिए। त्यस्तै नेकपा एकीकृत समाजवादीले जुम्लाका सांसद पदमबहादुर रोकायालाई भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री बनाउन सिफारिस गरेको छ। समाजवादीकै भागमा परेको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मुगुका सांसद चन्द्रबहादुर शाहीले सम्हालिसकेका छन्।@nepaliraibar


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमसिसीबारे शीर्ष नेताबीच बालुवाटारमा छलफल

२३ माघ २०७८, आईतवार ०९:१३
काठमाडाैं । अमेरिकी सहयाेग परियाेजना एमसिसीका विषयमा छलफल गर्न प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा शीर्ष नेताहरूबी बैठक सुरु भएको छ। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र कार्की, एमाले महासचिव शंकर […]