मधुमेह (सुगर) के हो र मधुमेह कसरी हुन्छ?मधुमेहका लक्षणहरू के हुन्?

कर्णाली अनलाइन २ मंसिर २०८०, शनिबार २१:१०

मधुमेह एउटा गम्भीर स्वास्थ्य समस्या हो जसका कारण प्रत्येक वर्ष १० लाखभन्दा बढी मानिसको ज्यान जाने गर्छ। जोसुकैलाई पनि यो रोग लाग्न सक्छ। यसलाई चिकित्सकीय भाषामा (डाइअबीटीज) भनिन्छ।

रगतमा चिनीको मात्रा बढी हुने भएकाले यसलाई (सुगर)वा चिनी रोग पनि भन्ने गरिएको छ।

शरीरले रगतमा भएको सबै चिनी (ग्लुकोज) प्रशोधन गर्न नसक्दा मानिसमा हृदयाघात, मस्तिष्काघात र अन्धोपन हुन सक्छ अनि मिर्गौलाले काम गर्न छाड्ने अवस्था पनि निम्तिन सक्छ।

मधुमेहको समस्या विश्वभरि निरन्तर बढिरहेको छ। विश्वभरि अनुमानित ४२ करोड मानिस मधुमेहबाट पीडित छन्। अहिलेको सङ्ख्या ४० वर्षअघिको भन्दा चारगुना बढी भएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ।

जोखिम भए पनि मधुमेह भएका आधाभन्दा धेरै मानिसहरूलाई यो रोगबारे थाहा नै छैन। तर जीवनशैली परिवर्तन गर्दा धेरैमा यो जोखिम नियन्त्रण गर्न सकिन्छ।

मधुमेह कसरी हुन्छ?

खाना खाएपछि हाम्रो शरीरले कार्बोहाइड्रेटलाई टुक्र्याएर ग्लुकोज बनाउँछ। पेटनजिकै अवस्थित प्यान्क्रिअस अर्थात् अग्न्याशय भनिने एउटा ग्रन्थिले इन्सुलिन होर्मन उत्पादन गर्छ जसले हाम्रो शरीरलाई त्यो ग्लुकोजलाई सोसेर पोषण बनाउन निर्देशन दिन्छ।

तर इन्सुलिनले राम्ररी काम नगरे वा त्यसको उत्पादन नभए रगतमा चिनी जम्मा हुन थाल्छ।त्यस्तो अवस्थालाई मधुमेह अर्थात् डाइअबीटीज भनिन्छ।

मधुमेहका लक्षणहरू के हुन्?

सबैभन्दा सामान्य लक्षणहरू यस्ता छन्:

  • एकदमै तिर्खा लाग्ने
  • नियमितभन्दा धेरै पिसाब लाग्ने, विशेष गरेर रातको समयमा
  • एकदमै गलेको महसुस हुने
  • प्रयास नगरीकनै तौल घट्ने
  • मुख र घाँटीभित्र बारम्बार घाउ भइरहने
  • धमिलो देखिने
  • चोट र घाउ निको नहुने

मधुमेह हुँदा तिर्खा लाग्ने, पिसाब लाग्ने र शरीर गले जस्तो हुने लक्षण देखिन्छ।ब्रिटिश न्याश्नल हेल्थ सर्भिसका अनुसार टाइप वन मधुमेहको लक्षण उमेर सानै हुँदा वा किशोरावस्थामै पनि देखा पर्न थाल्छ र यो अझ गम्भीर हुन पुग्छ।

टाइप टू मधुमेहको जोखिम भने ४० वर्षभन्दा माथिको उमेरका (दक्षिण एशियाको हकमा २५ वर्षमाथिको उमेरमाथिका) व्यक्तिमा हुन्छ।आमाबुवा वा दाजुबहिनीमा मधुमेह भएका, बढी तौल भएका र दक्षिण एशियाली, एफ्रो-क्यारिबिअन वा ब्ल्याक अफ्रिकन समुदायका मानिसमा यस्तो समस्या हुन्छ।

 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्युठानमा आमाछोरा मृत फेला

२ मंसिर २०८०, शनिबार २१:१०
सुर्खेत।प्युठानमा आमाछोरा मृत फेला परेका छन् । जिल्लाको नौबहिनी गाउँपालिका–३ खवांगमा आमाछोरा मृत फेला परेका हुन् ।खवांगको काइया भन्ने स्थानमा स्थानीय २२ वर्षीया रिमा बुढामगर शुक्रबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । त्यसैगरी ३ वर्षीय छोरा मुस्कान बुढामगर शनिबार मृत फेला परेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान […]