युक्रेनमा आक्रमण गरेको महिना दिनपछि युद्ध नीति फेर्दै रुस

कर्णाली अनलाइन १२ चैत्र २०७८, शनिबार ११:५५

एजेन्सी।रुसले युक्रेनमा आफ्नो आक्रमणको अबको निशाना पूर्वी क्षेत्र हुने बताएको छ। रुसको रक्षा मन्त्रालयले पूर्वी क्षेत्रलाई ‘स्वतन्त्र’ बनाउनु अबको रणनीति हुने उल्लेख गरेको हो।रुसी रक्षा मन्त्रालयले युद्धको प्रारम्भिक लक्ष्य पूरा भएको दाबी गरेको छ। युक्रेनको सैन्य क्षमता कम गरेको र त्यसले युद्धको पहिलो लक्ष्य पूरा भएको दाबी रक्षा मन्त्रालयले गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

रुसले गएको फेब्रुअरी २४ देखि युक्रेनमा आक्रमण गर्दै आएको छ। उसले केही दिनभित्रै युक्रेनमा प्रमुख सहर कब्जामा लिने लक्ष्य बनाए पनि त्यसमा सफल हुन सकेको छैन। युक्रेनी सुरक्षा बलले कडा प्रतिरक्षा गरिरहेको छ। कतिपय स्थानमा रुसी सैनिकलाई हटाउन पनि सफल भएका छन्।

तर रुसले भने युद्धको महिना दिन पुगेपछि आफ्नो प्रारम्भिक उद्देश्य पूरा भएको भन्दै युद्धको रणनीति परिवर्तन गर्ने संकेत दिएको हो।

रुसी जनरल स्टाफका प्रमुख सर्गेइ रुड्स्कोले भनेका छन्, ‘युद्धको पहिलो चरणको काम पूरा भएको छ। युक्रेनी सैनिकको क्षमता निकै कम भएको छ। यसले हामीलाई डोनबास क्षेत्रलाई स्वतन्त्र बनाउने हाम्रो प्रमुख लक्ष्यमा केन्द्रित हुन सहयोग गरेको छ।’

रुसले लगातार युक्रेनको राजधानी किएभसहितका प्रमुख सहरलाई निशाना बनाएर गोलाबारी गर्दै आएको छ। रक्षा मन्त्रालयले युक्रेनी सेना कमजोर भएको दाबी गरे पनि रुसले नै ठूलो क्षति बेहोरेको बताइन्छ।

रुसले युक्रेन युद्धमा आफ्नो प्रमुख लक्ष्य अहिलेसम्म सार्वजनिक गरेको छैन। तर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई ‘निशस्त्रीकरण’ तथा ‘डिनाजिफाइ’ (नाजी मुक्त) पार्नका लागि युद्ध गरिएको बताउने गरेका छन्। उनले युक्रेनको नेतृत्वलाई नवनाजी भन्ने गरेका छन्। तर उनको आरोपअनुसार युक्रेनका राष्ट्रपति नाजी होइनन् बरु उनी नाजीबाट पीडित यहुदीका सन्तान हुन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुर्खेतको बबईबाट २६ हजारको अवैध सुर्तिजन्य समान बरामद

१२ चैत्र २०७८, शनिबार ११:५५
सुर्खेत।सुर्खेतको बबईबाट अवैध रूपमा ल्याइएको समान बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार अस्थाई प्रहरी पोष्ट बबई सुर्खेतले शनिबार बिहान साढे ९ बजेको समयमा भेरिगंगा नगरपालिका–५ बबईबाट उक्त समान बरामद गरेको हो । नेपालगञ्जदेखि सुर्खेत तर्फ आउन्दै गरेको लु २ ख ५७८३ नम्बरको फोर्स गाडीलाई चेकजाँज गर्दा अबैध […]

सम्बन्धित शीर्षक