सुर्खेत उपत्यकामा शुक्रबारदेखि नगर बस सञ्चालन, यस्तो छ रुट

कर्णाली अनलाइन ३२ जेष्ठ २०८०, बिहीबार १९:४९

सुर्खेत । वीरेन्द्रनगरबासीलाई सहुलियत र सहज रुपमा यातायात सेवा प्रदान गर्न नगर बस सञ्चालन गर्न लागिएको छ । अटो रिक्साले मनलाग्दी भाडा अशुल्ने गरेको जन गुनासो बढेपछि यातायात व्यवसायीहरुले फोर्स गाडीबाट सेवा प्रदान गर्न लागेका हुन् ।

भोली (शुक्रबार) विहान ७ बजेदेखि सेवा सञ्चालन गर्न लागिएको सुर्खेत काँक्रेविहार यातायात प्रा.लि.का अध्यक्ष रमेश सापकोटाले  जानकारी दिए । उनले पहिलो चरणमा १० ओटा फोर्स गाडीबाट सेवा आरम्भ गर्न लागिएको बताए ।

‘शुरुवातमा धुलियाबाटदेखि बाँगेशीमलसम्म यो सेवा प्रदान गर्नेछौं,’ सापकोटाले भने, ‘तर फोरलेन सडकको मुलपानीबाट अनिवार्य प्रदेश अस्पतालसम्म पुगेर यात्रु झार्ने र पुनः कुमाईचोक निस्केर बाँगेशीलसम्म चल्ने रुट बनाइएर गाडी सञ्चालन गरिनेछ ।’

केही दिन फारेलेन सडकमा गाडीहरु सञ्चालनपछि विस्तारै मंगलगढी–गणेशचोक, घण्टाघर–कपासेहुँदै कालुचौक भएर नेवारे–पिपिरासम्म गाडीहरुबाट सेवा विस्तार गरिने सापकोटाले बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

‘आदिपुरुष’को ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द नसच्याएसम्म हिन्दी फिल्म चल्न दिन्नौँः बालेन

३२ जेष्ठ २०८०, बिहीबार १९:४९
काठमाडौँ ।काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले भारतीय चलचित्र ‘आदिपुरुष’मा समावेश गरिएको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द नहटाएसम्म महानगरभित्र कुनै पनि हिन्दी फिल्म चल्न नदिने बताएका छन्। उनले बिहीबार साँझ सामाजिक सञ्जालमार्फत यस्तो चेतावनी दिएका हुन्। ‘दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द जबसम्म नेपालमा मात्र […]