तीन फरार अभियुक्त सुर्खेतमा पक्राउ

कर्णाली अनलाइन १६ माघ २०७८, आईतवार ११:०९

सुर्खेत ।जिल्ला प्रहरी कार्यालय सुर्खेतले तीन जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । विभिन्न मुद्दामा सजाय पाई फरार रहेका अभियुक्तलाई प्रहरीको विशेष टोलीले पक्राउ गरेको हो ।सुर्खेतको सिम्ता गाउँपालिका–४ का ६२ वर्षीय भद्रबहादुर सिंह, सोही गाउँपालिका–८ का ६६ वर्षीय कुशल खत्री र सिम्ता–६ का ३७ वर्षीय करण नेपालीलाई प्रहरीले पक्राउ गरेको छ ।

सिंहलाई लागुऔषध गाँजा चरेस मुद्दामा अदालतले १० महिना १८ दिन कैद सजायको फैसला सुनाएको थियो । खत्रीलाई ज्यान मार्ने उद्योग मुद्दामा जिल्ला अदालत २०५१ असार ९ को फैसला आदेशले सात वर्ष कैद सजाय सुनाएको थियो ।

त्यसैगरी नेपालीलाई सार्वजनिक मुद्दामा अदालतले रु ५०० जरिवानाको फैसला गरेको थियो । तीन अभियुक्तलाई पक्राउ गरी अदालतमा बुझाएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनकबहादुर शाहीले जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गठबन्धनमा आबद्ध दलहरुले नमानेपछि तत्कालका लागि एमसिसीबाट पछि हटे प्रधानमन्त्री देउवा

१६ माघ २०७८, आईतवार ११:०९
  काठमाडौँ ।एमसिसी पारित गराउन प्रधानमन्त्री शेरबहादुर देउवा दृढ देखिए पनि गठबन्धनमा आबद्ध दलहरुको असहयोगका कारण तत्कालका लागि असफल भएका छन्।आइतबार बस्ने प्रतिनिधिसभाको बैठकमा एसिसी अनुमोदनका लागि पेश गर्ने प्रधानमन्त्री देउवाको प्रस्तावलाई गठबन्धनमा आबद्ध मााओवादी केन्द्र र एकीकृत समाजवादीले अस्वीकार गरेपछि तत्कालका लागि असफल भएका हुन्। शनिबार बेलुका बसेको सत्ता […]