हुम्लामापनि थप सुचारु गर्‍यो नेपाल एयरलायन्सले उडान

कर्णाली अनलाइन २ मंसिर २०७८, बिहीबार ०८:१८

धन बहादुर भण्डारी

हुम्ला।नेपाल एयरलायन्सले हुम्ला लगायत कर्णालीका हिमाली जिल्लाका लागि उडान थप गरेको छ । यात्रुको चाप बृद्धि भएकाले उडान संख्या थप गरिएको हुम्ला शाखाका प्रमुख बलबहादुर सुनारले जानकारी दिएका छन् ।

नेपाल एयरलायन्स हुम्ला शाखाका प्रमुख सुनारका अनुसार हुम्लाका लागि सहुलियत उडान थप गरेर हप्तामा तीनवटा बनाइएको जानकारी दिए । यसअघि हप्तामा एउटा उडान गर्दै आएता पनि अब नेपाल एअरलायन्सले हुम्लाका लागि आइतबार, सोमबार र बिहीबार उडान गर्ने भएको छ । सिमकोटबाट नेपालगञ्जको भाडा नेपाल एअरलायन्समा ६ हजार ९१० रुपैयाँ छ ।

निजी स्तरका तारा र सीता एयरले ६ हजार ३० र समिट एयरले ६ हजार १३० रुपैयाँ लिने गरेका छन् । जुम्ला र मुगुका लागि पनि हप्तामा तीनवटा उडान कायम गरिएको उनले बताएका छन । त्यसैगरि लामो समय सेवा बन्द रहेको डोल्पाका लागि पनि उडान सुचारु गर्ने तयारी भइरहेको उनले जानकारी दिए । नेपालगञ्जमा एउटा जहाज नाईट स्टे रहने गरी व्यवस्था गरेको कारण कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली जिल्लामा उडान भर्न सहज भएको हो । सुदूरपश्चिमका बाजुरा, बझाङ लगायतका जिल्लामा पनि नेपाल एअरलायन्सले उडान गरिरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

७ प्रदेशका नौ अस्पतालबाट रेबिज खोप सुरु

२ मंसिर २०७८, बिहीबार ०८:१८
काठमाडौँ।सातै प्रदेशका नौ अस्पतालबाट रेबिजविरुद्धको खोप दिने घोषणा सरकारले गरेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले बिहीबार मन्त्रालयमा आयोजित कार्यक्रममा अहिलेसम्म काठमाडौँबाट मात्रै दिइँदै आएको रेबिजविरुद्धको खोप सेवा बिस्तार गर्ने घोषणा गरेका हुन्। मंसिर ५ गते अर्थात आउँदो आइतबारदेखि प्रदेश १ मा कोशी अस्पताल विराटनगर, प्रदेश २ मा जनकपुर अस्पताल […]