चुनावमा होमियो एकीकृत समाजवादी, सातै प्रदेशमा अनुगमन टोली गठन, कुन प्रदेशमा कसको जिम्मेवारी?

कर्णाली अनलाइन ३ चैत्र २०७८, बिहीबार ११:५२

काठमाडौं।नेकपा एकीकृत समाजवादीको बैठकले संगठन निर्माणको अभियानलाई चुनाव प्रचारमा जोड्ने निर्णय गरेको छ। पार्टीको बिहीबार बसेको सचिवालय बैठकले स्थानीय निर्वाचन अघि संगठनको वास्तविकता पहिचान गर्न सातै प्रदेशमा अनुगमन टोली गठन गरेको हो।

जसमा प्रदेश १ मा उपाध्यक्ष प्रमेश हमाल, मधेस प्रदेशमा उपमहासचिव जगन्नाथ खतिवडा, बागमती प्रदेशमा गंगालाल तुलाधर, गण्डकी प्रदेशमा जयन्ती राई, लुम्बिनीमा विजय पौडेल, कर्णालीमा महासचिव बेदुराम भुसाल र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेता रामचन्द्र झालाई जिम्मेवारी तोकिएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।

खतिवडाका अनुसार प्रदेश इन्चार्ज र पदाधिकारीलाई सहयोग गर्न यो अनुगमन टोली परिचालनको निर्णय भएको हो। अनुगमन टोलीले सबै स्थानीय तहको रिपोटिङ, पार्टी संगठनको वास्तविक परिस्थिति र आवश्यक सूचना संकलन गर्नेछ। त्यस्तै बैठकले ‘जनतामा जाऊ, एकीकृत समाजवादीलाई जिताऔं,’ भन्ने नारा समेत तय गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

माओवादी केन्द्र चितवनको इन्चार्जमा रेनु दाहाल

३ चैत्र २०७८, बिहीबार ११:५२
काठमाडौं। नेकपा (माओवादी केन्द्र)ले चितवन जिल्ला इन्चार्ज र संयोजकको जिम्मेवारी टुंगाएको छ। बिहीबार माओवादी केन्द्रको बागमती प्रदेश समितिको बैठकले रेनु दाहाललाई इन्चार्ज र रामचन्द्र अधिकारी (आरसी )लाई जिल्ला संयोजकको जिम्मेवारी दिएको हो। दाहाल माओवादीको केन्द्रीय सदस्य एवं भरतपुर महानगरपालिकाकाकी मेयर हुन्। संयोजकको जिम्मेवारी पाएका अधिकारी यसअघि चितवन जिल्ला पार्टीको कार्यालय […]