माओवादी केन्द्र चितवनको इन्चार्जमा रेनु दाहाल

कर्णाली अनलाइन ३ चैत्र २०७८, बिहीबार १२:०३

काठमाडौं। नेकपा (माओवादी केन्द्र)ले चितवन जिल्ला इन्चार्ज र संयोजकको जिम्मेवारी टुंगाएको छ। बिहीबार माओवादी केन्द्रको बागमती प्रदेश समितिको बैठकले रेनु दाहाललाई इन्चार्ज र रामचन्द्र अधिकारी (आरसी )लाई जिल्ला संयोजकको जिम्मेवारी दिएको हो।

दाहाल माओवादीको केन्द्रीय सदस्य एवं भरतपुर महानगरपालिकाकाकी मेयर हुन्। संयोजकको जिम्मेवारी पाएका अधिकारी यसअघि चितवन जिल्ला पार्टीको कार्यालय सदस्य थिए। उनी माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी)का पूर्व केन्द्रीय उपाध्यक्षसमेत हुन्।

अन्य पदाधिकारी भने टुंगिन बाँकी छ। माओवादी केन्द्रको आठौं महाधिवेशनपछि जिल्ला इन्चार्जहरु तोकिएका थिएनन्। हालै बसेको केन्द्रीय समितिको बैठकले आफ्नो प्रदेशभित्रका जिल्ला इन्चार्ज तोक्ने अधिकार प्रदेश समितिलाई दिएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हर्षोल्लासका साथ मनाइयो फागु पुर्णिमा (फोटो फिचर )

३ चैत्र २०७८, बिहीबार १२:०३
नविन ओली सुर्खेत।रंगहरुको पर्व अर्थात होली कर्णाली प्रदेशको राजधानी सुर्खेत लगायत विभिन्न जिल्लामा हर्षोलाल्सका साथ मनाइएको छ । फागुन शुक्ल पूर्णिमाका दिन पहाडी क्षेत्रमा होली पर्व मनाउने गरिन्छ । फागुन शुक्ल पूर्णिमाका दिनदेखि वसन्त ऋतुको आगमन हुने भएकै कारण पनि यो दिनलाई विशेष मानिन्छ । आपसी मेलमिलाप ,सत्यको विजय र […]