माओवादी केन्द्र अब क्रान्तिकारी धारमा अघि बढ्छ –प्रचण्ड

कर्णाली अनलाइन ११ मंसिर २०७८, शनिबार ०९:०८

काठमाडौँ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अब पार्टी क्रान्तिकारी धारमा अघि बढ्ने बताएका छन्।पार्टीको ७५३ पालिका सम्मेलनलाई शनिबार भर्च्युअल सम्बोधन गर्दै उनले माओवादी केन्द्र मार्क्सवाद, लेनिनवाद र माओवादलाई आत्मसात गर्दै अघि बढ्ने बताएका हुन्।

अध्यक्ष प्रचण्डले मार्क्सवाद, लेनिनवाद र माओवादी विचारधाराअनुसार सबैलाई अघि बढ्न निर्देशन दिए। उनले नेकपाकालपछि पार्टीलाई पुनः अघि बढाउँदा नेताहरूमा क्रान्तिकारिता नदेखिएको भन्दै असन्तुष्टि व्यक्त गरे।

पार्टी अहिले विचार र संगठनलाई पुनर्गठित गर्दै अघि बढेको बताउँदै उनले आगामी राष्ट्रिय सम्मेलनबाट पार्टी नयाँ ढंगले अघि बढ्ने र समाजवादी आन्दोलनलाई अघि बढाउने दावी गरे।

नेता प्रचण्डले राष्ट्रिय सम्मेलनलाई वैचारिक सम्मेलन बनाउन पार्टी हेडक्वार्टरलाई सुझाव दिन आग्रह गरे।फरक प्रसंगमा उनले एमालेको १०औँ महाधिवेशनमा विचारलाई निषेध गरिएको टिप्पणी गरे। ‘तपाईहरूले देख्नु नै भएको छ कुम्भमेलामा विचारलाई कुनै महत्व नै छैन’, उनले भने, ‘यसरी पनि महाधिवेशन हुने रहेछ। हाम्रो राष्ट्रिय सम्मेलन अरु पार्टीको महाधिवेशनसँग तुलना नै हुन सक्दैन।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेतृत्व परिवर्तन गर्न नसके कांग्रेसलाई आगामी दिनमा गाह्रो हुन्छ – प्रकाशमान सिंह

११ मंसिर २०७८, शनिबार ०९:०८
काठमाडौँ।नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले यसपटक नेतृत्व परिवर्तन गर्न नसके पार्टीलाई आगामी दिनमा गाह्रो हुने बताएका छन्।वर्तमान पार्टी नेतृत्वले निर्वाचनमा कांग्रेसलाई ३० सीटमा सीमित गराएको भन्दै उनले कांग्रेस कमजोर हुँदा देशको प्रजातान्त्रिक प्रणाली पनि खल्बल्लिने बताए। नेपाली कांग्रेस काठमाडौँ जिल्ला सभापति पदमा कृष्ण बानियाँ (सबुज) समूहको उम्मेदवारी घोषणा कार्यक्रमलाई शनिबार […]