सर्वोच्च अदालतको अन्तरिम आदेश: चु्नाव लड्न जनप्रतिनिधिले राजीनामा गर्नुपर्ने

कर्णाली अनलाइन ६ बैशाख २०७९, मंगलवार ११:१६

काठमाडौँ।स्थानीय तह निर्वाचनमा उम्मेद्वार बन्नका लागि बहालवाला जनप्रतिनिधिले राजीनामा गर्नुपर्ने भएको छ ।सर्वोच्च अदालतले हेल्मबु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाको रिटमाथिको अल्पकालीन अन्तरिम आदेश खारेज गरेको छ।

न्यायाधिस दोय तेजबहादुर के सी र तिलकप्रसाद श्रेष्ठको संयुक्त इजलासले मगलवार यस अघिको अन्तरिम आदेश खारेज गर्दैँ निर्वाचन आयोगले आचारसंहितामा उल्लेख गरेको प्रावधानलाई कार्यान्वयन गर्न बाटो खुलाएको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मध्यपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोह सम्पन्न

६ बैशाख २०७९, मंगलवार ११:१६
सुर्खेत।मध्यपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोह सम्पन्न भएको छ । दोस्रो दीक्षान्त समारोहबाट पाँच सय १९ विद्यार्थीहरु दीक्षित भएका छन् । विश्वविद्यालयको केन्द्रिय कार्यालय वीरेन्द्रनगरमा मंगलबार आयोजना गरिएको समारोहमा दीक्षित हुन योग्य दुई हजार ८९ विद्यार्थी मध्य पाँच सय १९ विद्यार्थीहरु दीक्षित भएका हुन् । विश्वविद्यालयका उत्कृष्ट नौ जना विद्यार्थीले कुलपति […]