महिलालाई पैतला चटाएर दुर्व्यवहार गर्ने धामी–पूजारी पक्राउ

कर्णाली अनलाइन ७ पुष २०७८, बुधबार ०६:३४

सुर्खेत।महिलामाथि दुर्व्यवहार गर्ने धामी र पूजारीलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतले मंगलबार तीन जनालाई पक्राउ गरेको हो।केही दिनअघि धामी–झाँक्रीसँग उपचार गराउने क्रममा एक महिलामाथि अभद्र व्यवहार गरेको भिडियो सार्वजनिक भएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनक शाहीका अनुसार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ का ६६ वर्षीय भूपेन्द्र ज्ञवाली, वडा नम्बर ७ का भक्ति ज्ञवाली र बराहताल गाउँपालिका–८ का मिलन ज्ञवाली पक्राउ परेका छन्।

यी तीन जनामध्ये को धामी र को पूजारी थिए भन्ने खुलेको छैन। सार्वजनिक भएको भिडियोमा भने एकजनाले महिलालाई पैतला चटाएका छन्। अर्का एक जनाले महिलामाथि देवता चढेको बहानामा शारीरिक रूपमा आक्रमण गरेका छन्।

प्रहरी निरीक्षक शाहीका अनुसार प्रहरी प्रतिवेदनका आधारमा उनीहरू पक्राउ परेका हुन्। उनका अनुसार भिडियोमा देखिएकी पीडित भनिएकी महिलाले जाहेरी दिन मानेकी छैनन्।स्थानीय स्रोतका अनुसार ती महिलाले कुल पूजाका लागि धामी–पूजारी बोलाएकी थिईन्। सोही क्रममा उनीमाथि त्यस्तो व्यवहार भएको हो।


2 thoughts on “महिलालाई पैतला चटाएर दुर्व्यवहार गर्ने धामी–पूजारी पक्राउ

  1. याे घटना अत्यन्त घृणित छ र यसमा कार्वाही केवल धामी र पुजारीलाई मात्र हाेइन याे घटना टुलुटुलु हेरेर बस्ने त्यहाँ उपस्थित सबैलाई खाेरमा हुलेर त्याे महिलाको खुट्टा चाट्न लगाउनु पर्छ ? अन्यथा यस्ता घटना नदाेहरिएला भन्न सकिन्न ? यस्ताे घृणित कार्य तमाशा हेरेर बस्ने सबै दाेषी छन् ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अन्तरजातीय विवाहपछि बेपत्ता हुम्लाका चन्द्रे कामी ८ दिनपछि सकुशल भेटिए

७ पुष २०७८, बुधबार ०६:३४
  सुर्खेत।अन्तरजातीय विवाह गरेपछि बेपत्ता भएका हुम्लाका चन्द्रे कामी आठ दिनपछि भेटिएका छन् । गत मंसिर २९ गतेदेखि सम्पर्कविहीन रहेका चन्द्रे बुधबार बिहान ८ बजे हिँडिरहेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ । हुम्लाको सर्केगाड गाउँपालिका-१ जैर गाउँका उनले गत मंसिर ५ गते मुगुको सोरु गाउँपालिका-४ की रमिला मल्ललाई भगाएका […]