दैलेखमा टिप्पर दुघर्टना, चालकको मृत्यु

कर्णाली अनलाइन १६ आश्विन २०८०, मंगलवार ०७:१९

दैलेख। दैलेखमा टिप्पर दुर्घटनाहुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । तल्लोडुंगेश्वर–दुल्लु सडक खण्डको दुल्लु नगरपालिका–१ टिमेली पानीमा लोड बोकेको टिप्पर दुर्घटनाहुँदा चालकको मृत्यु भएको हो ।

तल्लो डुङ्गेश्वर बालुवा लिएर दुल्लु जाँदै गरेको कर्णाली प्रदेश ०२००१ क १९९ नम्बर टिप्पर सडकबाट अन्दाजी एक सय मिटर तल खसेको ईलाका प्रहरी कार्यालय दुल्लुले जानकारी दिएको छ । दुर्घटनामा दुल्लु नगरपालिका–७ घर भएका ३३ वर्षीय चालक भुपेन्द्र थापाको मृत्यु भएको छ ।

टिप्परमा सवार अन्य दुई जना घाइते छन् । घाइते हुनेमा दुल्लु नगरपालिका–७ का ३५ वर्षीय चन्द्रबहादुर थापा र ऐरावती गाउँपालिका प्युठान घर भएका ३० वर्षीय मुक्तप्रसाद उपाध्याय छन् । उनीहरुलाई थप उपचारको लागि दुल्लु अस्पतालले गएराती नै प्रदेश अस्पताल सुर्खेत रिफर गरेको छ ।

घटना लगत्तै प्रहरी चौकी तल्लो डुंगेश्वर र ईलाका प्रहरी कार्यालय दुल्लुको टोली घटनास्थल पुगेर घाइतेहरुको उद्दार गरेको हो । सोमबार राती करिव ८ बजे तिर टिप्पर दुर्घटनामा परेको हो । तर दुर्घटनाको कारण भने नखुलेको प्रहरीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमाले कोशीको अध्यक्षमा घनश्याम खतिवडा विजयी

१६ आश्विन २०८०, मंगलवार ०७:१९
विराटनगर।नेकपा एमाले कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा विजयी भएका छन्। सोमबार सम्पन्न मतगणनाको परिणाम अनुसार खतिवडा ८२ मतान्तरले अध्यक्षमा विजयी भएका हुन् । मोरङ लेटाङका खतिवडा  ५१२ मत ल्याई विजयी हुँदा प्रतिस्पर्धी विनोदप्रसाद ढकालले ४३० मत ल्याए। ३५ मत बदर भएको छ।खतिवडा मोरङ क्षेत्र नं. १ बाट निर्वाचित पूर्वसांसद् तथा नेकपा एमाले कोशी […]

सम्बन्धित शीर्षक