चुनावी तालमेल: सुदूरपश्चिममा एमाले र विप्लव नेतृत्वको नेकपाबीच छलफल

कर्णाली अनलाइन २२ चैत्र २०७८, मंगलवार ०५:४६

धनगढी।अगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा तालमेल गर्ने विषयमा नेकपा एमाले र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) बीच छलफल भएको छ । चुनावी तालमेलबारे सोमबार धनगढीमा दुवै पार्टीका नेताहरुबीच छलफल भएको हो । तर छलफलमा कुनै निष्कर्ष भने निस्किएको छैन ।

छलफलमा नेकपा एमालेका सुदूरपश्चिम प्रदेश कमिटिका अध्यक्ष दामोदर भण्डारी, सचिव धर्मराज पाठक, केन्द्रीय निर्वाचन आयोगका सदस्य रणबहादुर चन्द र नेकपाका केन्द्रीय सदस्य ओमप्रकाश पुन तथा विभिन्न जिल्लाका सेक्रेटरी सहभागी थिए ।

बैठकमा सहभागी एमाले केन्द्रीय निर्वाचन विभागका सदस्य चन्दले दुई पार्टीबीच अगामी स्थानीय तहको निर्वाचनमा तालमेल गरेर कसरी जान सकिन्छ भन्ने विषयमा कुराकानी भएको जानकारी दिए ।@onlinekhabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सल्यानमा जिप दुर्घटना हुँदा सह–चालकको मुत्यु:चालक सामान्य घाइते

२२ चैत्र २०७८, मंगलवार ०५:४६
सल्यान । सल्यानमा आज बिहान जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।शारदा नगरपालिका–१ दारिमचौरबाट श्रीनगर तर्फ आउँदै गरेको भे १ ज ३३६ नम्बरको जीप आज बिहान ६ बजेतिर दुर्घटना हुँदा सहचालक १८ वर्षीय नारायण वलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । गाडी शारदा नगरपालिका-१ को दारिमचौरस्थित […]