वीरेन्द्रनगरमा घाँटी रेटिएको अवस्थामा एक युवकको शव फेला

कर्णाली अनलाइन २९ फाल्गुन २०८०, मंगलवार १६:३६

सुर्खेत। वीरेन्द्रनगरमा घाँटी रेटिएको अवस्थामा एक युवकको शव फेला परेको छ ।बुधबार बारा घर भई हाल वीरेन्द्रनगर–९, लाटीकोइलीस्थित दैलेखी टोलमा बस्ने अन्दाजी ३२ वर्षीय अनिल पट्टेलको शव घाँटी रेटिएको अवस्थामा फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार उनको घाँटीमा गहिरो चोट लागेको छ भने घटनास्थलमा रगत लागेको चुलेसी समेत फेला परेको छ । ‘घटनाका विषयमा हामीलाई स्थानीयले जानकारी गराएका थिए । स्थानीयले खबर गरेपछि हामी तत्काल घटनास्थलमा पुगेका थियौँ,’ घटनास्थलमा खटिएका एक प्रहरी अधिकृतले भने, ‘मृतकको कोठामा रगत लागेको चुलेसी फेला परेको छ । परिवार आएपछि थप प्रक्रिया अघि बढाउँछौँ ।’

घटनाका विषयमा थप अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ । पट्टेलले चार वर्षदेखि सुर्खेतमा टायल तथा मार्वल फिटिङको काम गर्दै आएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दिल्लीका मुख्यमन्त्री केजरीवाल पक्राउ

२९ फाल्गुन २०८०, मंगलवार १६:३६
  काठमाडौं।भारतको राजधानी दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेका छन्। मदिरा घोटाला प्रकरणमा केजरीवाललाई भारतीय प्रवर्तन निर्देशनालय (ईडी) ले गएराति पक्राउ गरेको हो। मदिरा घोटाला प्रकरणमा करिब दुई घण्टाको सोधपुछपछि ईडीले केजरीवाललाई पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। केजरीवाल पक्राउविरुद्ध उनको आमआदमी पार्टी सर्वोच्च अदालत पुगेको छ। लोकसभा चुनावअघि दिल्लीका मुख्यमन्त्री केजरीवाल […]